सत्यकथा : सानीको जिन्दगी — भवानी न्यौपाने

सानु तिमी कति राम्री , कति ज्ञानी , कति असल , तिमी कहाँ छौ अचेल – के गर्दैछौ – तिमीलाई प्रत्यक्ष नदेखे पनि मलाई तिमी असाध्यै राम्री लाग्छौ । तिमी कति जाती छौ । सायद सीताकै रूपमा यो धर्तीमा आएकी हौ क्यारे १ यस्तै वाक्यहरू लगातार ओइरिरहे । दुइरचारदिन केही बोलिन सानी । एकदिन सानीले अनलाइनको सहयोगबाट मुहारपुस्तीकामा गजल पोस्ट गर्दै थिई, उसलाई अनलाइन देख्नेबित्तिकै पुनः एसएमएसको ओइरो लाग्यो । सानी सबैको आँखामा बसेकी गुलाबको थुङ्गा हो, उसलाई धेरैले मन पराउँछन् । सानीको कोमल, दयालु मन, सामाजिक भावना, धार्मिक व्यवहार देखेर सबैको मनमा पसेकी छे सानी ।
सानी अत्यन्त व्यस्त छे । उसलाई आफैँलाई पनि सोच्ने फुर्सद छैन । उसको सरकारी जागिर, गृहिणी, पारिवारिक, सामाजिक कर्तव्य र बाहिरको काम सबै भ्याउनु पर्छ । उसका दुइ सन्तान छन् । ती अबोध शिशुको रेखदेख, सारा काम गर्नु, अध्ययन(लेखन सबै भ्याउँदाभ्याउँदै रातको एघार बज्छ । अत्यन्त थकित हुन्छे । सयनकक्षमा प्रवेश गर्छे सानी । पल्टन्छे, एकै कोल्टेमा चार बज्छ । अत्यन्त कलिलो उमेरमा पराई घरमा प्रवेश गरेको सानीको जीवन निकै सङ्घर्षशील बन्यो । संस्कार बिनाको मान्छे उसको जीवनमा प्रवेश भयो । न त उसको उमेर मिल्थ्यो, न त भावना, न त विचार । बालक र बूढाको भेट । राम्रोसँग बुझने नहुँदै सानीको मागी विवाह भएको थियो ।
यसैगरी क्रमशः सानीका जीवनका पथहरू फराकिला हुँदै थिए । बच्चैदेखि सानी अत्यन्त जिज्ञासु, फूर्तिली थिई । उसलाई शिक्षा दिने गुरुहरू खुब मन पराउँथे । सबैकी प्यारी थिई सानी । अहिले पनि बाल्यकालजस्तै सबैकी प्यारी छ सानी । उसलाई चिने(नचिनेका सबैले माया नै गर्छन् र त ऊ सानी सानी नै छे ।
फेरि अर्कोदिन सानीलाई अनलाइन देखेपछि नितेषले सानु किन नबोलेकी – केही त बोल न १ तिमी त धेरै ज्ञानी मान्छे १ तिमी नबोले मेरो मन दुख्छ । तिमीलाई म माया । । । । । सानीले आर्श्चर्य मानी अनि उसको मुहार पत्रिका पुरै भित्री भागहरुमा हेरी र सोच्न थाली खाखिर को होला यो – यसले मलाई पलपल सम्झन्छ । किन यसरी एकोहोरो माया गर्छ – उसले मलाई, म उसलाई त चिन्नसम्म पनि चिन्दिनँ, न त उसलाई देखेकी नै छु १ आखिर को हो त ऊ – यस्तै यस्तै प्रश्नमा रुल्मलिँदै र सोच्दै थिई सानी १ यत्तिकैमा उसले मोवाइलमा फोन गर्छ र सोध्न थाल्छ, सानु तिमी के गर्दैछौ – तिम्रो अचेल कुन(कुन कार्यक्रमहरू चलिरहेका छन् – सानीले म भोलि चितवनको एउटा कार्यक्रममा भागलिएर काठमाडौँ पुग्नु छ, उहाँ पनि कार्यक्रम छ र मैले दुवै ठाउँको कार्यक्रमा अनिवार्यरूपमा भाग लिनै पर्छ मलाई मेरो अफिसले त्यसरी नै खटाएको छ भनेर भनी । त्यो कुरा सुने पछि नितेषले भन्यो उसो भए चितवनबाट काठमाडौँ गएर फर्केपछि मलाई खबर गर मेरो घर पनि त बाटैमा पर्छ अनि दसरपन्ध्र मिनेट भए पनि भेटिएर कुराकानी गौला, अनि तिमीजाँदा हुन्छ ‘ । यो सुने पछि सानीले भनी हैन मेरो समयले साथ दिन मुस्किल छ, बरु हजुर नै उतातिर आउँनुहुँदा हाम्रो घर तिर छिर्नुहोला है नितेष सर । यसरी दोहोरा कुरा हुँदाहुँदे रात कटेको हेक्कै भएन ।
प्रभातीय प्रकाशसँगै मिसिएका चरीबरीका चिर्बिरे आवाजसँगै सानी उठी, नुहाइधुवाई सँगै आफ्नो दैनिकी सकेर कपाल कोरी । कालो पाइन्ट र रातो टिर्सट अनि रातो सुइटरमा निक्कै राम्री देखिएकी सानी आफ्नो निकै फूर्तिलो शरीरमा ठाँटिएकी थिई । ऊ हिँडेरै बसपार्क पुगी र गाडी चढी । उसलाई पहिले चितवन पुगेर कार्यक्रममा सहभागी हुनु थियो । चितवनको कार्यक्रम सकिएपछि ऊ सौराहातिर घुम्दाघुम्दै आफ्ना साथीहरूसँग दिनभर चितवनको पर्यटकीय स्थल सौराहा अवलोकन सकेर बेलुकी काठमाडौँ पुगिन् । सानीको यो अत्यन्त व्यस्तताले नितेषलाई खबर गर्न पाइन र भेट्न पनि सकिन । काठमाण्डौबाट पनि उहतार(हतारमा नै घर फर्कीन् । यसरी घर फर्कीसकेपछि उसले भोलिपल्ट आफू सहभागी भएको कार्यक्रम र सौराहका तस्बिरहरू अफिसको निर्देशनबाट अनुमती पाए अनुसार मुहारपुस्तीकामा सबै तस्बिरहरू टाँस्नथालीन् । उता नितेष केही खबर नपाउँदा तड्पिरहेको रहेकै थियो । सानीले तस्बिरहरू मुहारपुस्तीकामा टाँसिसके पछि उसले आफ्नो मुहारपुस्तीका भित्तामा देख्यो । नितेषले यसरी देखपछि मुहारपुस्तीकाबाटै भन्यो, ए सानी १ म अहिलेसम्म तिमीलाई पर्खिरहेछु तर मलाई एकपटक खबर पनि नगरी घर पुगिसक्यौ – तिमीलाई मेरो दया लागेन – म अहिलेसम्म पर्खिरहेछु १
सानु म तिमीलाई कहिले देखूँ जस्तो भैरहेछ – मलाई त्र्रिो अति नै माया लागिरहेको छ । तिमी केही त बोल १ यसरी एसएमएस आइरहँदा सानीले सामान्यरूपले मात्र बोली अनि नौ बज्यो । उसको समय सकियो अनि ऊ अफलाइन भई । उसका मस्तिष्कमा रातभर केही कुरा त खेलिरहे तर पनि ऊ सामान्य नै रही । यत्तिकैमा रात बित्यो ।
भोलिपल्ट बिहान आफ्नो प्रातकालीन कर्महरूसबै सकेर केहीबेर अनलाइन आई सानी र आफ्नो एउटा कविता मुहारपत्रिकामा टाँसी । यसरी कविता टाँसीसकेपछि अन्य केही समाचारहरूका भलाकुसारी गरी । उसले नितेषका एसएमएस आएको देखेर पुरै एसएमएसहरू हेरी । नानु म तिमीलाई धेरै माया गर्छर्ुु तिमी किन यति कठोर बनेकी – ठीकै छ । तिमीले मलाई नसम्झे पनि म जीवनभर तिमीलाई माया गरिरहनेछु ‘ आदि कुराहरु एसएमएसमा लेखिएका थिए ।
अन्तमा सानीलार्इ नै सम्बोधन गरेर लेखिएको एउटा अत्यन्त मार्मिक मनै छुने लोकगीत देखी । जसमा पुरै सानीलाई माया र र्समर्पण गरेको उक्त गीतको प्रभावले सानीको कोमल हृदयलाई अत्यन्त भावुक बनायो । सानीको आँखामा गहभरि आँसु भरिए र सोच्नथाली अहो १ मेरो कारणले कसैको जीवन उजाड बन्छ भने, कोही धेरै नै अलापहरू गर्नसक्छ भने त्यस्तो दुःख दिने म त ठूलो अपराधी हुन्छु भन्ने सम्झीन पुगी । र भोलिपल्टदेखि नितेषका हरेक शब्दका जवाफ दिन थाली । प्रत्येक दिन एकआपसमा कुराकानी हुन थाल्यो । अनि हरेकप्रातमा एकरदर्ुइ एसएमएस, दिउँसो र बेलुकी एकरदुइपटक टङकण वार्ताहरू भइनै रह्यो ।
सानी अत्यन्त कोमल मन भएकी करुणीक प्रतिमूर्ति थिइन । हरेकप्रातमा उसले नितेषले पठाएका एसएमएस हेरेर मन सम्हाल्थी । सानीलाई छिमेक, टोल, गाउँघर, साथीभाइ सबैले निकै माया गर्थे । सबैको नजरमा अत्यन्त भाग्यमानी देखिन्छे सानी तर अन्तरहृदयमा सधैँ भुइँचालो गइरहन्थ्यो सानीको । मुटुमा धारिलो प्रहारले रेटेझैँ भइरहन्थ्यो । जुन जलन र पीडा उसले कसैलाई भनेकी छैन र ऊ भन्न पनि चाहान्न । त्यसैले यो संसारमा उसलाई सबैले राम्रो र व्यवस्थित देख्छन् । तर सानीको भित्री जीवनमा मरूभूमिको बिरुवाझैँ लागेको खडेरीजस्तै छ ।
अचानक एकदिन एका बिहानै नितेषको फोन आउँछ । सानी रुन्छे । के भो नानु – मलाई भन प्लिज, एक्लै नरोऊ । म पनि रुन्छु । सानु १ ए सानु १ यस्तै बोल्दाबोल्दै नितेष पनि रुन थाल्छ र धेरैबेर रुवाइको दोहोरी चलिरहन्छ । धेरैबेरपछि आफूलाई सम्हालेर सानीले सारा कथा र ब्यथा सुनाइ दिई । दुवैको रुवाइपछि सानीको जीवनचक्रको अध्ययनपछि । सानु अब तिमी नरोऊ । म तिम्रो आँखामा आँसु निक्लन दिनेछैन । तिमी सधैँ खुसी भएर बाँच्नेछौ । तिमीमा आएका कुनै पनि सङ्टहरू दुवै मिलेर सम्हालौँला । आजबाट हामी एउटा असल मित्र बन्ने छौ, तिमी एक्लै छैनौ साथमा पमपनि छु । नितेषको यो गहिरो स्नेहको बीजोरोपणपछि सानीले आफ्नो घाइते मुटु हल्का बनाउँदै गई । सानीलाई आफ्नो जीवनयात्रा एउटा भर पर्दो साथीको टड्कारोरूपमा खड्किरहेको बेला नितेषले सदाका लागि साथ दिने वाचा गरिदिएको छ । साँच्चै जीवनका हरेक उकाली र ओरालीहरूमा बलियो साथ दिन थालेको छ अचेल छ नितेषले ।
अर्कोतिर सानीले जीवनमा भोग्दै आएको वेदना निकै नै दयनिय छ । सानीको कलिलै उमेरमा वैवाहिक बन्धन कसिन पुगेकी थिई । बाल्यकालमा पुरानो परम्परा अनुसार नै उसको विवाह भएको थियो र केवल समाजका लागि मात्र सीमित हुनपुग्यो । ऊ त त्यो घरमा केवल घरधन्दा गरिदिने, सन्तान पैदा गरिदिने, आवश्यक स्याहार सुसार गरिदिने र आफ्नो लागि आवश्यक पर्नेर् खच आफैँ कमाएर जीवन यापन गर्ने, साच्चै नै भन्ने हो भने घरको एउटी काम गर्ने कमलरी १ उसले न कहिले त्यो घरमा उसलाई सिन्दूर हाल्ने मानिसको माया, ममता र स्नेहता पार्इ, न त यो मेरो श्रीमान हो भन्ने किसमिको श्रीमानबाट कनै ब्यबहार वा सहयोग नै । श्रीमानले दिने मायाको साटोमा ऊ परिवारको चाकडी र शोषणभित्र जेलिएकी थिई । उसले अहिलेसम्म पनि उसको श्रीमान्ले किनेको एकसरो कपडासम्म पनि लागाउन पाएकी छैन । हरेक एकान्तमा त्यही पीडाहरू नै आँसु बनाई पोख्छे ऊ । त्यो घरमा सानीले सम्पूर्ण काम गर्दा उसलाई कसैले सहयोग गर्दैन । सानी विरामी परेका अवस्थामा एउटा औषधीको गोलीसम्म किनेर ल्याइदिने को हुन्न् । विडम्बना बरु उल्टै आफ्ना अन्यकाम पनि सानीलाई नै गर्न लगाउने गर्छन् ।
बाबा आमा दाजुमाइतीको इज्जतमा दाग नलागोस् भन्ने हेतुले त्यसघरमा सानी मनले एक्लिएको धेरैवर्षभैसक्दा पनि मनको ब्यथा र दुःख सकैलाई सुनाउन चाहन्न । १०३ डिग्री ज्वरो आृँदा पनि सबै काम, कर्तव्य पूरा गर्दैछ सानी त्यो घरको । उसको मन त चकनाचुर भएर शिशा फुटेझैँ भैसकेको छ सदाका लागि ‘ । यो पुरुषप्रधान देशमा जति शिक्षित परिवार भए पनि नारीमाथि गरिने दमन, शोषण र अन्यायको बलियो जरा आजसम्म उखिलिएको छैन । नारी समानताका कुरा उठ्छन्, र्याली, जुलुस लगाइन्छ तर घरभित्र नारीमाथि गरिने व्यवहार अत्यन्तै गम्भीर छ, खतरनाक छ हाम्रो समाजमा । यसैको उपज भोगिरहेकी छिन् उनी ।
बिचरी १ सानीको जीवनमा कहिले वसन्तका नयाँ पालुवा पलाएनन् । सदैव जलन, पीडा, शोषण, अन्याय, अत्याचार भोग्दै पारिवारिक मिठो मायाको अभावमा टड्पिएर बाँचिरहन परेको छ सानीलाई । यि सबै पीडाबोधले उसलाई बाँच्ने रहर पनि सकिन थालेको छ । ऊ सदैव घाइते मुटु बोकेर यो समाजमा रहेका दीनदुःखी, असहाय, अपाङ्ग, अनाथ, गरिबको सेवा गर्दै आफ्नो चित्त बुझाउन परेको छ सानीलाई । कहिल्यै उसको अनुहार अँध्यारो हुँदैन । अति हँसिली देखिन्छे, सधैँ मुस्कुराएर बोल्ने उसको गुण एउटा असल नमुना हो । आफूभित्र यति पीडा, मायाको अभाव खेपेर पनि ऊ अनवरत अरूको सेवामा खटिरहेकै देखिन्छ । उसको धार्मिक भावना, सामाजिक गुण, दयालु स्वभाव देखेर सबै खुसी छन् उनीप्रति । यसरी कैयौँ आत्माका चहराइरहेका घाउहरूमा मलहम लगाउँदै गरेको सायद भगवान्ले बुझेर होला उसलाई अत्यन्त माया गर्ने भगवान् श्रीकृष्णजस्तै जिउँदो भगवान् ‘नितेष’ले मित्रताको साथ दिन स्विकार गरेको ।
सानीकाःजीवनमा टुटिसकेको प्रेमबीज शायद पुनः अङ्कुराउँछ या अग्नीमा ज्वाला बन्छ त्यो अध्याय अर्कै पाटो हो सानीको जीवनमा । तर नितेषको आत्माले कसरी मित्रता कायम गरेको छ, कुन स्थानमा राखेको छ सानीलाई त्यो पनि अनुत्तरित नै छ । कहिलेकाहीँ भेट्छ नितेषले र सानीका गहभरिका आँसु देख्छ । सानीलार्इ सम्झाउने बुझाउने कोशिस गर्छ । सानीलाई हरेकदिन प्रशस्त फलफूल, भिटामिनयुक्त चिजहरू खाऊ, स्वास्थ्य राम्रो बनाऊ, म तिमी सधैँ स्वस्थ र प्रगतिशील भएको देख्न चाहन्छु, भन्छ । तिम्रो अनुहार कहिल्यै निन्याउरो देख्न चाहन्न सानु, म टाढा भए पनि सदैव त्र्रिै साथमा छु, तिम्रै मन(मन्दिरमा छु, चिन्ता नगर्नू सानु सम्हालिएर बस भन्दै सम्झाउँछ । कहिलेकाहीँ सानी पनि एउटा असल मित्र नितेषको सम्झनामा टोलाउँदै नितेषले दिएका उपदेश सम्झिन्छिन् । यसरी नै दिनचर्या बिताउँदै एकान्तमा पुगेपछि बर्बराउँदै भन्न थाल्छिन् किन यस्तो सानीको जिन्दगी ।