परिसंघको प्रतिनिधि मण्डल र का.मु. गभर्नरबीच भेटवार्ता

काठमाडौं । वित्तीय प्रणालीमा देखापरेको कर्जा अभाव र बढ्दो ब्याजदरलाई सम्बोन्धनगर्न २०७३ फागुनमा नेपाल राष्ट्र बैंकले मौद्रिकनीतिको मध्यावधि समीक्षामार्फत केहीनीतिगत सुधार गरेको थियो । तर त्यसकाबाबजूदपनिवित्तीय प्रणालीमा कर्जाको अभावसँगै ब्याजदर समेत बढ्दै गएपछि नेपालउद्योग परिसंघले बुधबार का.मु. गभर्नर चिन्तामणि शिवाकोटीसँग भेटवार्ता गरी आफ्नो चासो व्यक्तग¥यो ।
परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमागएको एक प्रतिनिधि मण्डलले कर्जाको बढ्दो ब्याजदरले औद्योगिक क्षेत्रको प्रतिस्पर्धात्मकक्षमता घटेर औद्योगिकउत्पादनमा संकुचनआउने, कुलगार्हस्थ उत्पादनमाह्रास आउने र रोजगारीकाअवसरहरुमागिरावट आउने हुँदा यथाशीघ्र त्यसलाई सम्बोधनगर्न आग्रहग¥यो । सो अवसरमा परिसंघले वित्तीय प्रणालीको कर्जा अभाव सम्बोधनगर्न अबलम्बनगर्नु पर्ने अल्पकालीन र मध्यकालीन सुझावहरु नेपालराष्ट्र बंैक समक्ष पेश ग¥यो । समग्र वित्तीय प्रणालीको सुदृढीकरण गर्न, २०७३ असोजदेखि देखापरेको कर्जा अभाव र ब्याज दरको असन्तुलनहलगर्न, एवं निक्षेपकर्तालाई यथोचितप्रतिफलउपलब्ध गराईदीगो आर्थिक विकासकालागि सुलभ दरमाकर्जा प्रवाहको वातावरण सृजनागर्न परिसंघको सुझाव केन्द्रीत रहेको थियो ।