आप्रवासीमैत्री शहरलाई अनुदान रोक्ने राष्ट्रपति ट्रम्पको योजनाविरुद्ध अदालतको आदेश

 

सनफ्रान्सिस्को । अमेरिकामा आप्रवासीहरुलाई नियन्त्रणमा लिएर फिर्ता गराउन अस्वीकार गर्ने शहरलाई संघीय अनुदान नदिने राष्ट्रपतिको योजना एक जना न्यायाधीशले रोकिदिएका छन्।
त्यसप्रति क्रुद्ध प्रतिक्रिया दिदैं ह्वाइट हाउसले उक्त आदेशलाई बहुलट्टीुको संज्ञा दिएको छ।
सान फ्रान्सिस्को संघीय न्यायाधीश विलियम ओरिकले पछिल्लो आदेश दिएका हुन्।
सान फ्रान्सस्किो र सान्टा क्लारा काउन्टीले राष्ट्रपति ट्रम्पको योजनाविरुद्ध मुद्दा हालेका थिए।
उक्त मुद्दामा मंगलबार न्यायाधीश ओरिकाले एउटा अस्थायी निषेधाज्ञा जारी गर्दै अदालतबाट छिनोफानो नभइञ्जेल राष्ट्रपतीय आदेश कार्यान्वयन नगर्न भनेका हुन्।
ज्यानुअरीको राष्ट्रपतीय आदेश अनुसार आप्रवासन अधिकारीहरुसँग समन्वय नगर्ने शहर तथा नगरहरुलाई केन्द्रबाट दिइने आर्थिक सहायता रोक्न सकिन्थ्यो।
ट्रम्पको योजनाका कारण सान सान फ्रान्सस्किोले केन्द्रबाट पाउनुपर्ने झण्डै सवा १ अर्ब डलर र सान्टा क्लारा काउन्टीको हकमा करिब पौने २ अर्ब डलर खतरामा पर्नसक्थ्यो।
वैशाख १३ गते ।