दलित महिला उम्मेदवार मृत अवस्थामा

धादिङ । धादिङकी एक उम्मेदवार मृत फेला परेकी छन् । धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ३ की दलित महिला उम्मेदवार बिना मिजार झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
३५ वर्षकी मिजारलाई नेकपा एमालेले वडा नम्बर तीनको दलित महिला उम्मेदवार बनाएको थियो । उनी आज बिहान करिब ९ बजे झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

मिजारले आत्महत्या गरेको हो वा हत्या हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको धार्केका प्रहरी निरीक्षक जीवन निरौलाले जानकारी दिए ।