फ्रान्सका दुई राष्ट्रपतिका उम्मेदवार एकअर्काविरुद्ध चर्को आरोप प्रत्यारोपमा
पेरिस । चुनावको चार दिन अगाडि भएको टेलिभिजन बहसमा दुवै उम्मेदवारले एक अर्का विरुद्ध गाली गलौज र आरोप प्रत्यारोप गरेका छन्।
मध्यमार्गी इम्मानुएल म्याक्रोंले अति दक्षिणपन्थी उम्मेदवार मारिन ल पेनको रणनीति नै झुटा बोल्नु रहेको बताएका छन् ।
ल पेनले चाहिं म्याक्रोंलाई फ्रान्सको नियन्त्रण गुमाउन पनि तयार बर्बर विश्वव्यापीकरणका उम्मेदवार भन्नुभएको छ ।
बहसको १६० मिनेट मध्ये अधिकांश समय दुवैजनाले एक अर्काप्रति व्यक्तिगत बेइज्जतीपूर्ण अभिव्यक्ति दिए।
सर्वेक्षणहरुमा हाल म्याक्रों अगाडि छन् तर दुई बिचको दुरी कम हुँदै गएको ठानिन्छ।
त्यसैले उक्त बहसमा दुवै उम्मेदवारको लक्ष्य भनेको अनिर्णित ठानिएका १८ प्रतिशत मतदाताको मन जित्नु रहेको थियो।
यी दुई नेताबिच कुनै पनि समानता पाइंदैन। उनीहरुको व्यक्तित्व र राजनीतिक दृष्टिकोण फरक छन् र दुवैले एक अर्कालाई पटक्कै रुचाउँदैनन् आइतबार मतदान हुँदैछ।
पहिलोपटक दुवै आकांक्षी फ्रान्सका मूलधारका पार्टिभन्दा बाहिरका छन्।
उनीहरुको बहसलाई फ्रान्सभित्र मात्र नभर्इ बाँकी विश्वमा पनि रुचिका साथ हेरिएको छ।
वैशाख २१ गते ।