अन्तिम भेट —काजी कार्की

maitrinews

 

“बाबा भाईलाई भनेकी छु औषधि मैले छुट्यार अहिले र भरेलाई राखिदिएकी छु । टाईममा औषधि खानुहोला । अलिकति तल माथि भयो भने हजुरलाई झन च्याप्छ । दिउँसो बाहिर निस्किएर बस्नु बाहिरको हावा ले राम्रो गर्छ” । अनि सुन्नु त – ” भाई सानै छ उस्ले खाना मिठो नबनाउँन सक्छ अहिलेलाई मैले दाल र भात बनाईदिएकी छु । बेलुकालाई त्यही दाल राख्नु होला भाईले भात बनाउँछ मिठो मानेर खानु होला अनि खाना खाएपछि को औषधि खानुहोला”।
जेठो दाई भाउजु लिएर शहर तिरै बस्नुहुन्छ। आमा बितेको दुई बर्ष भो । आमाको काज क्रिया मा तेह्र दिन गाउँमा आउँदा दाई खासै बोल्नु भएन । पहिले देखिनै दाईले बाबा,ममी अनि मलाई र भाईलाई खासै वास्ता गर्नु भएन । उहाँको जागिर राम्रो छ रे । एउटा फ्ल्याट लिएर शहरमा बस्नु भा छ रे । एक पटक दाईले साथी संग कुरा गरेको सुनेकी थिएँ । मेरो बारेमा केही बोले जस्तो लागेको थियो । मलाई देखेपछि चुप हुनु भो मेरो दाई । यस्तै यस्तै धेरै दाईको ब्याबहारले मलाई दुखी बनाउँथ्यो ।
म एउटी छोरी बुबा आमाकी प्यारी । बुबा आमाले दाईले वास्ता गरेन तँ नै हाम्रो छोरा हो भनेर बाबाले चौकीदार गरेर कमाएको पचास हजार रूपैयाँ मेरो नाममा बैड़्कमा राखिदिनु भाको थियो । म बुझ्ने भए देखी नै यो पैसा दाई भाईकै नाममा गरिदिन भनिरहेकी थिएँ । मेरो पनि बाबा आमाको सेवा गर्ने कर्तव्य हो संझेर जहिले म उहाँहरूको दुख सुखको साथी बनिरहें यही एउटा कारण हो दाई फराई बन्नु । तर म मेरो दाई लाई यति माया गर्छु उहाँले मलाई कहिले बुझ्ने कोशिश नै गर्नु हुन्न कारण त्यही रूपैयाँ । सायद बुझ्ने भएपछि मेरो कान्छो भाईले पनि मलाई त्यस्तै सोच्छ होला म निराश हुन्छु । बाबा आमाले मलाई त्यो पैसा त्यसरी मेरो नाममा नराखि दिनु भएको भए म दाई भाई सबैको प्यारो हुन्थे होला । म धेरै सोच्दछु । आमासंग अब मेरो कुनै गुनासो रहेन बाबाले अब दाईको ब्याबहार देखेर त्यो पैसा कुनै हालतमा दाई भाईलाई गरिदिनुहुन्न ।
हे भगवान १
हाम्री आमा हुने बेला सम्म त मेलापात गरेर हामीलाई पाल्ने हुर्काउने बाबाको हेरचाह गर्ने गर्नु भएको थियो । आमाले छाडेर गएपछि त हामी जिउँदै मरे जस्तै भएको छौ । भाई बल्ल एघार पुगेर बाह्र लाग्यो । मेरो र भाईको तिन बर्षको फरक छ । मैले पनि खासै सबै काम गर्न सक्दिन । बाबालाई ममी स्वर्गवास भएदेखी बैचैनी बढेको छ । सुगर छ झुक्याएर रक्सि पिईदिनु हुन्छ । औषधिको जोहो मेरो मामाले गरिदिनु हुन्छ । मेरो बाबा धन्न भगवान हुनुहुन्छ मैले भनेपछि नाई भन्नु हुन्न । आज मलाई अल्लि सन्चो भएन । हुनत केही अघि देखी नै मलाई यस्तो भाको थियो आज अल्लि बढी भो । तर मलाई मेरो पिडा भन्दा पनि बाबाको चिन्ता बढी छ । म भएको बेला त आज सम्म मैले बाबालाई न औषधि टुटाएकी छु न बाहिर गएर पिउँन दिएकी छु ।
एक पटक म मामाको घरमा गएकी थिए पसलमा जानु भएछ र छोरीले भोली पैसा ल्याईदिन्छे भनेर टन्न पिएर आउँनु भएछ । उफ्,,,, के गरौ अब रु
माईजुलाई फोन गरें (“बाबालाई संझाएर आउँनु । भाईलाई बाबाको हेर बिचार गर्न भन्नु भान्जी हजुरलाई एकपटक चेकअप गराउँनु पर्छ” भन्नु भो । यो भन्दा अघि पनि माईजुलाई पटक पटक मलाई सन्चो नभएको कुरा भनेकी भएर आज माईजुले यसो भन्नु भएको होला । दाई र माईजुहरू एकै ठाउमा हुनुहुन्छ शहरमा । मलाई गाह्रो भएको छ । त्यो भन्दा पनि भाई सानो छ बाबा यस्तो कमजोर बिस्तरामा हुनुहुन्छ । के गर्ने होला म आफैमा दोधार मा परे । मलाई मेरो भन्दा पनि बाबा भाईकै चिन्ता बढेर आयो ।
झन् झन् मलाई अफ्ट्यारो हुँदै गयो । माईजुले फोन गर्नु भो ” हिड्नु भो ” नाई माईजु रात्री बसमा आउँकी रु
“नाई हुन्न अहिलेनै हिड्नु । एक्ली छोरी मान्छे हुँदैन रातीमा आउँन हिडिहाल्नुस” ।
म फेरी बाबाको अनुहारमा हेर्छु । मनमनै भन्छु “मेरो बाबा हजुरले म नभएको बेला पनि औषधि टाईममा खाईदिनु होला भाईलाई छलेर नपिईदिनु होला म आज जान्छु भोली जचाएर पर्सि फर्कन्छु । पर्सि बाट त बाबा छोरी संगै हुन्छौ फेरी अनि म हजुरको हेरबिचार गरिहाल्छु नि १”
आठ बज्यो । मेरो कुरा सुन्दै गर्दा बाबाको आँखामा आँशु देखे । मेरो भाई पलिको खामो समाएर मलाई भित्र बाहिर गरेको हेरिरहेको छ । म झनै गलेकी छु । मलाई घर छाडेर हिड्नुपर्ने पिडा धेरै भएको छ । त्यो भन्दा म आफै निकै कमजोर भएको महसुस गरेकी छु ।
मैले शहर जाने नै निधो गरे । माईजुले भोलीको लागी हस्पताल को टिकट लिईसक्नु भो । एक पटक दाई हो जानकारी गराएर त जान्छु भन्ने लाग्यो । दाईलाई फोन गरें । भाउजुले उठाउँनु भो । दाईलाई सोधें “बाहिर जानु भा छ आएपछि भनिदिन्छु” मेरो सबैकुरा भाउजुलाई भने । सुनेको नसुनै गर्नु भो फोन राखें । दाई आएपछि फोन गर्नु होला र सबै भनुँला । हामीलाई पराई आफ्नै दाई भाउजुले बनाउँनु भएको छ हामीले उहाँहरूलाई कहिले पराई सोचेनौ ।
म झोला भिरें र घरबाट निस्कन खोजे भाई बाबा दुबैको आँखामा आँशु देखें । मन थाम्नै सकिन भाई बाबालाई अंगालो हालेर रोएँ । म छिट्टै आउँछु । मेरो पिर नगर्नु । हजुर हरू ले खाना औषधि समयमा खानु । भनेर भाई बाबालाई संझाएँ बडो गह्रो मन भो रूरै रूदै घरबाट निस्कें ।
आज मेरो साहरा कोही छैन । आमाले छाडेर गएपछि त म माथि धेरै अभिभारा थपियो । भाई बाबा भएपनि म ब्याबहार मा एक्लो भएँ । आदि आदि कुरा खेलिरह्यो मनमा । जीन्दगीको कुनै पल यति कठिन बन्दो रहेछ मलाई धेरै खटपटि हुन्छ । सम्हालीन खोज्दै खोज्दै म बस कुर्ने ठाउँमा पुगें । घेरै बेर बस आएन । जे होस साँझ शहर पुग्छु । मलाई किन किन त्यो पल निकै फरक लागिरहेको छ । त्यो परिवेशले मलाई जिस्काई रहेको महसुस गरेकी छु । जिवनका सबै खुसीहरू हराएको महसुस गरेकी छु । आफूलाई नितान्त एक्लो भएको भान भई रहेको छ ।
म छोरी हुँ मेरो बाबा आमाको काखमा रमाउँदै पढ्ने लेख्ने अनि खेल्ने बेला हो र पनि म यो बिवशता मा बाँचिरहेकी छु । बस नआउन्जेल मैले प्रतिक्षालयमा अनगिन्ति कुराहरू मनमा खेलाई रहें । म मा भित्री पिडा पनि झन् झन् बढेर आएको महसुस भएको छ । तल बाट बस आएको देखें । एक पटक भाई बाबालाई फोन गर्छु अब बस आयो म जान्छु भन्ने खबर गर्छु भनेर फोन झिकें । बाबालाई फोन गरें म संग बोल्नै सक्नु भएन । एकपटक “तिमी आउ घर म तिम्रो काखमा मर्न चाहान्छु” भन्नु भो र भक्कानिनु भो मलै सोचे ” म पनि त बाबालाई छाडेर यतिकै शहर जान लागेकी त हैन नि म भित्र पनि केही समस्या भएर उपचार गर्छु धेरै बाँच्छु र बाबा भाईलाई खुसी राख्छु भन्ने चाहले नै शहर जान लागेकी हुँ नि किन बुझ्नु हुन्न बाबा” रु
भाईलाई दिन भने भाई पनि बोल्न सकेन म संग । भाई बाबा मेरो ताजा अनुपस्थितिमा समेत यति धेरै पिडामा हुनुहुन्छ यदि मलाई केही भयो भने के हुन्छ होला रु
म असाध्यै मर्माहत भएँ । एकमनले भो जान्न शहर जे होस होस घरै जान्छु जस्तो पनि लाग्यो । मन सम्हालेर बसमा चढे र उपचारको लागी शहर तिर लागें । मोबाइल को ब्याट्री सकिन लागेछ झोलामा राखें ।
दिदी हिडेको पनि चार घण्टा भयो फोन अफ छ कहाँ पुग्नु भो होला रु मलाई बाबाले दिदीलाई फोन गर भनेर भनिरहनु भएको छ । दिदीको फोन लाग्दैन । मेरो कुरा बाबाले त्यति मान्नु हुन्न जति दिदीको मान्नु हुन्छ । म आज दिदीको अनुपस्थिति मा धेरै एक्लो भएको छु । बाबा लगभग सम्हालिनै सक्नु भएको छैन । ओहो मेरी दिदी हजुर त हाम्रो प्राण हुनुहुने रहेछ । म फोन गरी रहेको छु स्वीच अफ छ । अब त दिदी शहर पुग्नु भो होला । माईजुलाई फोन गरें र जानकारी गराएँ ।
“दिदीको केही खबर आयो माईजु” रु
माईजुले आफुले पनि फोन गरिरहेको तर सम्पर्क नभएको कुरा जानकारी गराउँनु भो । हामी झन् आत्तियौ । किन दिदी अब त शहर पुग्नु पर्ने रु बाबाको खट्पटी मैले देखिरहेको छु । “बाबा खबर आउलानि म खाना बनाँउँछु दिदीले दाल बिहानै बनाएर राखिदिनु भा छ हजुर ले यति धेरै पिर नगर्नु भनेर भित्र पसें । साँझ पर्यो दिदीको फोन आएन । माईजुलाई फेरी फोन गरें पुग्नु भएकै छैन । ए भगवान के भो मेरी दिदीलाई रु
म भित्र बाट बाहिर आउँदा बाबा हुनुहुन्थेन । ला कता जानु भो भनेर म आत्तिएँ । यता उता हेरें । देखिन । त्यस्तो बिमारी मान्छे पसलमा पुग्नु भएछ र टन्न पिउँनु भएछ । म पसलमा गएँ एकजना दाई र म भएर बाबालाई घर ल्यायौ । बाबा केही बोल्न सक्नु हुन्न । धेरै भो उहाँले पिउँन छाडेको । आज फेरी दिदी नभएको मौका मा यसरी पिईदिनु भो । अब मैले न उहाँलाई खाना खुवाउँन सक्छु न औषधि । हे भगवान दिदी गएको दश घण्टा नपुग्दै घर र बाबाको हालत तहस नहस भयो । अब मैले दिदी आउँने बेला सम्म कसरी बचाउँने होला रु
म धेरै बेचैन भएँ । बाबा बोल्नु पनि हुन्न खाना पनि खुवाउँन सक्दिन औषधि पनि । के गरौ म रु
छिमेकी अंकललाई बोलाउँन गएँ । उहाँले पनि केही उपाए निकाल्न सक्नु भएन ।
बाबालाई खाना औषधि खुवाउँन नसकेपछि म पनि खाना नखाई बाबाको छेउमा पल्टिएँ । बाबा मस्त निन्द्रामा भएजस्तो लाग्यो । बाबाले त पिउनु भएको छ निदाउनु भो मलाई के निद पर्ने रु
अलिकति खाना खान्छु भनेर भित्र गएँ । दिदीले बनाएको दालमा दिदीको अनुहार देखें खाना हेर्नै मन लागेन । मेरी दिदी किन हजुरले अहिले सम्म खबर गर्नु भएन रु
फोनको घण्टी बज्यो म झस्किएँ, माईजुको फोन रहेछ । दिदी पुग्नु भो र होला भन्नै लाग्यो । तर हैन रहेछ माईजुले म संग दिदीको बारेमा बुझ्न फोन गर्नु भा रैछ । हरे १ के भयो समय धेरै बितिसक्यो दिदी कहाँ के गर्दै हुनुहोला रु बाबा नसाबाट बिउँझिएर सोधे के भन्ने होला रु मलाई पहिलो पटक यति धेरै पिडा भो दिदी हजुर त मेरो लागी भगवान हुनुहुदो रै छ । दिदीको पिडामा असाधारण छटपटाहट बढ्यो ।
के भयो होला त रु
एक पटक दाईलाई फोन गर्छु भन्ने सोचें । फोनको घण्टी गयो । फोन काटियो । पटक पटक फोन गरें । उठाउँनु भएन । सायद दिदी शहर आकी छ दुख देली भनेर होला । मैलै म्यासेज गरे । दिदीको खबर नआएको सबै जानकारी गराएँ रिप्लाई नै दिनुभएन । दाईलाई हामी दिदी भाई यति धेरै माया गर्छौ तर दाई किन किन पर पर हुनुहुन्छ रु उहाँ भए नभएको हामीलाई कुनै आभाष नै छैन र पनि हामी दाई दाई भनिरहन्छौ आखिर किन हाम्रो दाई यस्तो हुनु भो रु
दिदीलाई बाबा आमाले दिएको पैसाकै कारण यस्तो गर्नु भएको हो भने पनि दिदीको त्यो पैसा चलाउँनु भएकै छैन रु म दाई लाई संझेर निकै रोएँ । एउटा भएको दाई आज दिदीको खोजीमा लाग्ने समयमा गुमनाम बस्न खोज्नु हुन्छ । लौ न अब कसरी दिदीको खबर बुझौ रु
म पागल जस्तै भएँ । एघार बज्न खोज्दै छ । बाबा मस्त सुत्नु भाछ । म खट्पटिई रहेको छु ।
ठिक त्यही बेला मेरो मोबाइल मा घण्टी बज्यो । दिदीको फोन बाट ।
“तिमी समिताको को रु” मैले भाई भनें । दिदीको फोनबाट कोही पराईको आवाज । हजुर को बोल्नु भो समिता दिदी कहाँ हुनुहुन्छ भनेर सोधे रु खास खुस आवाज मात्र आयो,,,,, बिचमा सुने उहाँले समिताको भाई रे भन्दिउँ है रु म एक्कासी झसंग भएँ के होला भन्नु न भनेर हेलो हेलो भनेर कराएँ ।।। उहाँले बाबु,,,, बाबा रममीलाई देउ भन्नु भो मैले ममीको स्वर्ग बास भएको अनि बाबा निकै नै बिरामी भएकोले मलाई भन्न भने उहाँले कुरा शुरू गर्नु भो

” बाबु समिता र हामी एउटै गाडीमा थियौ । उनि गाडी चढेको दुई घण्टा पछि सिटमै बेहोस भईन । हामीले ड्राइवर लाई गाडी छिटो चलाउँन लगाएर नजिकको अस्पताल मा ल्याएर भर्ना गरेका छौ मेरो नाम मिलन हो । तिम्रो दिदीको फोनको ब्याट्री सकिएर स्वीच अफ थियो । हामीले चार्ज गरेर तिम्रो नंबर पत्ता लगाएर कल गरेको । दिदी आई।सि।यू। मा छन् हामी उनलाई कुरी रहेका छौ । को आउन सक्छौ पैसा लिएर आउ भन्नु भो । सबै कुरा सुनेपछि म छाँगाबाट खसे झै भएँ । मेरो बाल मनले त्यो एघार बजेको निष्पट अध्यारोमा केही सोच्नै सकेन । दौडेर पल्तिर अंकलको मा गएँ र सबै कुरा भनें। उहाँले दाईलाई फोन गर्नु भो । राति भएर होला फोन धेरै बेर उठेन । फेरी गर्दै रहनु भो । केही बेरमा दाईले फोन उठाउँनु भो अंकल ले सबै कुर फोनमा भनिदिनु भो । दाईले अहिले राति भो हामी साथिको बिहेमा छौ भोलि बिहान जान्छौ भन्नु भएछ । मेरो दाई आफ्नो एकै कोखको बैनी भन्दा साथिको बिहे प्यारो हजुर महान दाई १ मैले दाईलाई धेरै धिक्कारें यदि दाईले चाहने हो भने तिन चार घण्टामा दिदी भएको ठाउँमा पुग्न सक्नु हुन्छ । हे भगवान १ अब के गरौ रु अंकल र म हाम्रो घरमा आयौ अन्टी पनि संगै आउँनु भो । बाबा अझै मस्त सुत्नु भएको छ । उहाँलाई नशाले छाडेकै छैन बिरामी मान्छे न खाना न औषधिरु
मैले अंकल लाई भने अंकल भोली केही उपाए गरेर तिरौला अहिले लाई कतै बाट उपाए निकालेर पैसाको जोहो गरेर हजुर दिदी भएको अस्पताल गईदिनु पर्यो म बाबाको हेर बिचार गर्छु भने अंकले केही गाह्रो मान्नु भएन “हुन्छ” भन्नु भो । आफै संग भएको केही पैसा लिएर त्यो अधेरी रातमा अंकल घरबाट निस्कनु भो सानो मधुरो उज्यालो संगै अंकल दिदी संम्म पुग्नु होला र दिदीलाई सन्चो भएर ल्याउनु होला म मा अल्लि आसा पलायो । मेरो दिदीलाई केही नहोस रातभर म अंकलको फोनको प्रतिक्षामा बसें । मनमा धेरै कुरा खेलि रहे । आमाको दिदीको दाईको सबै सबैको माया दिने मेरी दिदी हजुरलाई के भएको होला रु किन हजुर बेहोस हुनु भो रु जचाउँन शहर नपुग्दै बाटो मै के भो हजुरलाई रु म धेरै रोएँ ।

माईजुको याद आयो । सबै कुरा फोनमा भनें । उहाँहरूको आफ्नै गाडी थियो । मेरो दाईलाई जाउँ भन्नु भएछ । दाईले माईजुहरूलाई म अहिले बाहिर छु साथिको बिहे को भोजमा छौ अहिले राति पनि छ हामी भोली आउँछौ जाँदै गर्नु भन्नु भएछ । मामा माईजु र यता बाट अंकल लगभग संगै अस्पताल पुगेको खबर गर्नु भो ।
दिदीलाई कस्तो छ भनेर अंकल माईजु दुबै जना संग सोधे । भेट्न नदिएको कुरा गर्नु भो ।अब रिम रिम उज्यालो हुन लागेको छ। बाबा बिस्तरामा खोक्दै हुनुहुन्छ । निन्द्राले छाडे जस्तो छ पहिलो बोली ” समिता” भन्नु भो मैले बुबालाई झस्काएँ ” दिदी सन्चो नभएर शहर गएको थाह हुँदा हुँदै हजुरले मलाई छक्काएर पसल जानु भो र टन्न पिउँनु भो” रु
हिजो हजुरले खाना औषधि केही खानु भएन दिदीले थाह पाए के भन्नु होला” भनेर बाबालाई भनें । बाबा झसंग हुनु भो ” दिदीको खबर आयो पुगी रु”
मैले नढाँटी सबै कुरा बाबालाई भन्ने सोच बनाएँ तर बाबा बिरामी भएकाले सबै कुरा भन्न हुन्नकी जस्तो लाग्यो ।
ढाँटे ” बाबा दिदी पुग्नु भो आज उपचार हुँदै छ भोली आउँनु हुन्छ माईजु संग कुरा भा थ्यो भनें” । बाबाले माईजु लाई फोन गर भन्नु भो । अब चाहि बाबालाई सबै कुरा थाह हुनेभो डर लाग्यो । नगरौ कसरी नगर्ने गरौ सत्य कुरा थाह पाए पछि के होला बाबाको हालत रु
म डराई रहेको थिएँ । अचानक मेरो मुबाईलमा घण्टी बज्यो । अंकलको फोन ” समिप,,,,,रून थाल्नु भो मैले के भो अंकल भन्नु न के भो भनें,,,,,, बाबालाई नभन है त रु हस भने,,,, तेरो दिदी समिताले संसार छाडिसकीछ । अंकले यति भन्दै गर्दा म दिदी,,,,,,,भन्दै बेहोस भएर ढलेछु अन्टी संगै हुनुहुन्थ्यो। बाबाले अण्टीलाई फेरी फोन गर्न लगाउँनु भएछ । दिदीको स्थिति थाह पाएपछि म होसमा आउँदा बाबाले संसार छोडी सक्नु भएको थियो ।
मेरो जीवन मा परेको यो एकै पटकको बज्रपात म जस्तो कच्चा मान्छेले कसरी सहन सक्छु रु म बिवश भाछु । अंकलले फोन गर्नु हुन्छ मैले संझन्छु दिदी ले हिजो प्रतिक्षालय बाट फोन गर्दा “म तिम्रो काखम मा मर्न चाहन्छु” भनेको सुनेको थिएँ । बाबाको ईच्छा त पुरा भो ” मैले उहाँहरू दुबै जनालाई एकै घाटमा दाह संस्कार गरिदिन अंकलाई सुझाएँ । एक दिन अगडि मेरी दिदी र बाबा हुँदा स्वर्ग जस्तो घरमा आज मलामीको चहल पहल बढ्दै छ। नियतिले मेरो घरको सारा खुसी र मेरो देवता जस्तो दिदी र मेरो बाबा लाई एकै दिन खोसेर लग्यो । म सानै छु केही सोच्नै सकेको छैन । दिदीलाई मामाको गाडीमा राखेर अस्पताल बाट घाटमा ल्याईदै छ हामी बाबाको शब लिएर घाट तिर लाग्दै छौ । दिदीको शब भन्दा हामी केही अघि घाटमा पुगियो । हामी पर्खेर बस्यौ। दिदीलाई लिएर मामा माईजु र काकाहरू आईपुग्नु भयो, संगै मेरो दाई भाउजु पनि आउँनु भएको रहेछ । उहाँहरू दुबै अलाप बिलाप गरेर रोईरहेको देखें । जतिबेला धेरै ढिला भैसकेको थियो । जुन अब दाई भाउजुको लागी आवश्यक थिएन । हाम्रो जिउँदो र मृत परिवारको “अन्तिम भेट” यहि हुनेभयो । म एक प्रकारले आफै मरिरहेको छु। हिजो संम घरमा संगै भएकी हामीलाई खाना बनाएर खुवाएकी समिता दिदी आज मुर्दा बनेर मेरो सामुन्य आउँदा म अत्यन्त मर्माहत भएँ । हामीलाई यति धेरै माया र केअर गर्ने दिदी हे भगवान १ म सरासर गएँ दिदीको खुट्ट समाएर धेरै रोएँ । मन सम्हालन सकिन आज मैले के देख्नु पर्यो । दिदी बाबालाई नजिकै राखेर अन्तिम संस्कार गरिदिन मैले सबैलाई भनें । क्षणभरमै चिता तयार भो । दाग बत्ती ठूलो छोराले दिने भन्ने परमपरालाई मेरो मामा माईजुले मान्नु भएन । सानो भान्जाले दिने भनेर कर गर्नु भो । मैले दाईको अधिकारको हनन् गर्न खोजेको थिईन तर म बिवश भएँ । पालै पालो बाबा दिदीलाई दाग बत्ति दिएँ । सबै आफ्नै हातले गरें । बाबाको ईच्छा दिदीको काखमा मर्ने थियो उहाँलेत भनेझै पाउनु भो तर म टुहुरो भएँ ।
मेरो दिदीको मुहार धपधप बलिरहेको छ । समिता दिदी मलाई हेरेर मुस्कुराई रहनु भएको छ । मलाई बाबाको भन्दा दिदीको शरिरमा बलिरहेको आगोलाई निभाउँ जस्तो लाग्यो । क्षणभरमै दिदी बाबा खरानी हुनुभो ।
साँझ पर्न आँटेको छ । हामी घर फर्कियौ । यो घर जहाँ हिजो संम्म हामी तिन जना दिदी बाबा र म थियौ आज यो हालतमा छ । म भाव बिब्हल छु । म सारा पल रूदै बिताएको छु । मेरो आँखा कतिबेलै ओभानो छैन । दाई र मैले तेह्रदिने काज क्रिया सकेउँ । अन्तिम दिन थियो ।
दिदीको अस्पताल खर्च र क्रिया खर्च गरेर पैतिस हजार लागेछ । दाईले म तिर्छु सबै पैसा भन्नु भो । त्यो भन्दा अघि नै माईजुले दिदीलाई बाबा ममीले बैंक मा राखिदिएको पैसा कागजी प्रक्रिया मिलाएर ल्याई सक्नु भएको रहेछ । जुन पैसाकै लागी दाई हाम्रो लागी पराई हुनुभएको थियो त्यही पैसा दिदीले हामीलाई नै छोडेर जानुभयो । दाई नतमस्तक हुनुभो । उहाँलाई धेरै पिडा देखिरहेको छु म । असाधारण चिन्ता र पछुतो देखें मैले दाईमा । बाबा दिदी र मेरो चिन्ता लिने बेलामा शहर जानु भो भाउजु लिएर । शहरी रमितामा भूल्नु भो । त्यो दिन हजुर केही अगाडि अस्पताल पुगेको भए दिदीलाई जिउँदो देख्न सक्नु हुन्थ्यो दाईले ।
खैर अब सबै बितिसकेको छ । दाईले बैनिले छाडेर गएको पैसा बाट एउटा चौतारी बनाऔ भन्नु भयो । हामीले घर नजिकै भन्ज्याड़् मा दिदीको बाँकी रहेको पैसा र दाईले बाँकी नपुग पैसा गरेर दिदीको नाममा एउटा चौतारी र बाबा ममीको नाममा एउटा ठाँटी बनायौ ।
आज समय ले हामीलाई कहाँ पुर्याएको छ । दाईको पोष्टीड़् शहर बाट हाम्रै ईलाकामा भयो । आज दाई भाउजु म त्यही घरमा बसेका छौ जहाँ मेरी दिदी बाबा ममीको चिनारी उहाँहरू ले संगै खिचेको फोटो छ दाई र म पनि छौ फोटोमा । हामी बिहान बेलुका त्यही फोटो हेर्छौ । संझन्छौ बाबा ममी र दिदीलाई धेरै मिस गर्छौ । दाई भाउजु को आत्म ग्लानि यति भयंकर छ म बुझिरहेको छु । उहाँले पटक पटक मलाई सुनाउँन खोज्नु हुन्छ “म बाट धेरै ठूलो भूल भो भाई मलाई माफ गर” भन्नु हुन्छ म के भनुँ मेरो दाईलाई रु माफ त बाबा ममी र दिदीले दिनु पर्ने हो हजुरलाई तर अब समय हाम्रो बसमा छैन दाई भन्दै दाईलाई संम्झाउँछु । हुनत यदि दाईले समयमै हामिलाई चिनेको भए सायद बाबा ममी र दिदीलाई केही अरू समय बचाउँन सकिन्थ्यो होला । दिदीलाई ब्लड क्यान्सर रैछ समयमै उपचार भएको भए अल्लि समय दिदीलाई बचाउन सकिन्थ्यो। बाबा ममी पनि दाईकै कारण बढी पिडामा हुनु भो । आज सबै छ हाम्रा बाबा आमा र दिदी हाम्रो माझ हुनुहन्न । हामी त्यही घरमा बसेर सधै अधुरो अपुरो महसुस गरिरहेको छौ । खान लगाउँन दाईको जागीरले पुग्छ । भाउजु हुनुहुन्छ खाना पकाउनु हुन्छ घरको काम गर्नु हुन्छ म पढ्न जान्छु । हरेक बिहान बेलुक हामी दाई भाई त्यही चौतारो मा जान्छौ बाबा ममी र दिदी संग भेट्छौ । मेरो मन हलुका हुन्छ तर दाई धेरै गलिसक्नु भा छ । म संझाउन खोज्छु । उहाँमा पस्चतापको आगो बलिरहेको छ । आखिर दाई बितिसकेको पल संझेर दुखी भएर के गर्नु म संझाउँछु दाईको आँखामा टलपल आँशु देख्छु । दाई संगै म पनि भक्कानिन्छु । आजभोली दाईलाई चौतारो मा नजान भन्छु दाई मान्नु हुन्न । अब हामी बेलुका मात्र चौतारो ठाँटीमा जाने गर्छौ । म दाईलाई वरै बाट संझाउँछु ।
आखिर सक्दिन थाह हुन्छ मलाई दाईको पिडा आखिर संसार मा कुनै पनि चिज पाएपछि भन्दा गुमाएपछि बढी मुल्वान लाग्दो रहेछ । आज समिता दिदीको जन्मदिन हो दिदी नै नभएपछि जन्मदिन को के अर्थ रु हामीले दिदी बाबा ममी हामी संगै भएको फोटो हेर्दै ढल्कन्छौ बस दैनिकी यसरी नै चलेको छ चलिरहोस सधै अधुरो अपुरो बनेर,
कहिले नमिटेने दाग बनेर यसरीनै‘‘‘बस् यसरीनै‘‘