पोखरा लेखनाथ महानगरापलिकाको मतगणना सुरु, एमालेको अग्रता

 

 

पोखरा । पोखरा लेखनाथ महानगरपालिकामा पनि एमालेले अग्रता लिएको छ । कास्कीको पोखरा लेखनाथ महानगरापलिकाको मतगणना सुरु भएको छ । दलहरुको सर्वदलिय बैठकले कास्कीको मतगणना बिहान साढे ११ बजेबाट सुरु गर्ने सहमति भएबमोजिमा मतगणना गर्न लागिएको हो ।
पोखरा लेखनाथको प्रमुख तथा उपप्रमुखमा ५ —५ जनको उम्मेदवारी परेको छ ।
जसमा कांग्रेस माओवादीका तर्फबाट मेयरमा रामजी कुवँर र सरस्वती गुरुङ तथा एमाले राप्रपाबाट मान बहादुर जीसी र मन्जु गुरुङ उम्मेदवार रहेका छन् ।
पोखरा लेखनाथ महानगरपालिकाका ३३ वडामा कुल मतदाता १ लाख ६८ हजार ६७ जना रहेका छन् ।
यस पटकको स्थानीय तहको निर्वाचनमा विभिनन पदमा महिला उम्मेदवार ३३३ जना तथा पुरुष उम्मेदवार ५०५ रहेका छन् ।