सम्बन्धित मन्त्री बैठकमा अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ, २ असार । प्रतिनिधिसभाको आजको बैठक सम्बन्धित मन्त्री अनुपस्थित भएपछि १५ मिनेटका लागि स्थगित गरिएको छ। विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत बजेट शीर्षकहरूमाथि छलफल चलिरहेका बेला सम्बन्धित मन्त्री संसद् बैठकमा सहभागी नभएको भन्दै सांसदहरूले नियमापत्ति जनाएका थिए।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले संसद् नियमावलीअनुसार सम्बन्धित मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुँदा मन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने व्यवस्था विपरीत छलफल अघि बढाइएको भन्दै आपत्ति जनाउनुभएको थियो।

सांसद शर्माको नियमापत्तिपछि सभामुखले तत्कालका लागि बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *