मतगणनालाई तीव्र गति दिन आयोगको निर्देशन

काठमाडौँ । स्थानीय चुनावको मतगणनाको गति सुस्त भएको भन्दै आलोचना भइरहँदा आवश्यक देखिएका स्थानमा गणकहरु थपेर भए पनि मतगणना कार्यमा तीव्रता दिन निर्वाचन आयोगले निर्देशन दिएको छ ।
निर्वाचन आयुक्त ईश्वरी पौडेलले धेरै मतदाता भएका स्थानमा पनि बढीमा एक हप्तामा मतगणना सकिने बताउनुभयो ।
आयोगका अनुसार स्थानीय तहको पहिलो चरणमा आइतबार मतदान सम्पन्न भएका अधिकांश स्थानमा मतगणना भइरहेको छ।
खासगरी धेरै मतदाता भएका स्थानमा अहिलेकै गतिमा जारी रहे पहिलो चरणकै मतगणना सकाउन कैयौं दिन लाग्नसक्ने टीका टिप्पणीहरु भइरहेका छन्।

जेठ २ गते ।