नेपालमा पक्राउ परेका पाँच भारतीय प्रहरी विना कारबाही छुटे

महेन्द्रनगर । भारतीय राजदूतले दवाब दिएपछि प्रचण्ड गले अनि पक्राउ परेका भारतीय प्रहरीका डीएसपीसहित पाँच जना भारतीय प्रहरी विना कारबाही छुटेका छन् । नेपाल प्रहरीले उनीहरुलाई शुक्रबार बिहान छोडेको हो । नेपाल प्रवेश गरी एक नेपालीलाई पक्राउ गरी लैजाँदै गर्दा बुधबार राती भारतीय प्रहरीको टोलीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो ।
शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय डोटीले उनीहरुलाई कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीसम्म पुर्याएर भारतको बनवासास्थित प्रहरी थानाको जिम्मा लगाएको छ ।
बनवासास्थित थानाका इन्चार्ज राजेश पाण्डेयको जिम्मा लगाएर छोडिएको महाकाली अञ्चल प्रहरी कार्यालयका एसएसपी सुशील भण्डारीले जानकारी दिनुभयो । ुआज बिहान डोटीकै प्रहरीले यहाँसम्म ल्याएको होु उहाँले भन्नुभयो,‘ बनवासास्थित प्रहरी थानाका इन्चार्जलाई जिम्मा लगाएर उनीहरुलाई छोडिएको हो ।
बुधवार पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय डोटीले राति नै त्यहाँबाट महेन्द्रनगरका लागि ल्याएको हो । माथिल्लो निकायसँगको समन्वयपछि नेपाल प्रहरीको क्षेत्रीय कार्यालयले उनीहरुलाई भारतीय प्रहरीको जिम्मा लगाएर छोडेको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ पछि जिल्ला प्रहरी कार्यालय डोटीमा राखिएका उनीहरुलाई भारतीय प्रहरीका उच्च अधिकारीहरुको रोहबरमा छोडिने बतार्ईएपनि जुनियर तहका अधिकारीको रोहबरमा छोडिएको हो । डोटीको दिपायल(सिलगढी नगरपालिका(८ लडागडाका लालबहादुर आउजीलाई घरबाटै पक्राउ गरेर लैजाने भारतीय प्रहरीका डिएसपी सहित पाँच जना भारतीय प्रहरी र दुई जना नेपाली गरी सात जनालाई डोटी प्रहरीले बुधबार राती पक्राउ गरेको थियो ।