राष्ट्रसंघव्दारा उत्तर कोरियामाथि थप नाकाबन्दीको घोषणा,अवज्ञा गर्ने चेतावनी

 

अमेरिका । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले प्योङयाङको क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा बढ्दो तनावका माझ उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध लगाएको छ।
सुरक्षा परिषद्ले पछिल्लो पटक उत्तर कोरियाका चारवटा कम्पनी र १४ जना अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको हो।
प्रतिबन्धमा पर्नेहरुमा उत्तर कोरिया बाहिर जासुसी गर्ने निकायका प्रमुख पनि छन्।
अन्तर्राष्ट्रिय भ्रमणमा प्रतिबन्ध र सम्पत्ति रोका गर्नेसहितको अमेरिका र चीनको प्रस्ताव सुरक्षा परिषद्ले सर्वसम्मतिले अनुमोदन गरेको थियो।
हप्तौंदेखिको वार्तापछि चीन र अमेरिकाले त्यसबारे सहमति गरेका थिए।
पारमाणविक र क्षेप्यास्त्र परीक्षणमाथि राष्ट्रसंघीय प्रतिबन्धको उत्तर कोरिया अवज्ञा गर्दै आएको छ।
पछिल्लो प्रतिबन्धप्रति उत्तर कोरियाले भनेको छ, यसले आफ्नो आणविक कार्यक्रमलाई कुनै फरक पार्ने छैन ।