भारोेत्तोलनका मुख्य खेलाडी जोशीको निधन

maitrinews

काठमाडौँ । श्रीलंकाको राजधानी कोलम्बोमा सन् २००६ मा सम्पन्न छैटौं दक्षिण एसियाली खेलकूद प्रतियोगितामा सुनिललाल जोशी भारोत्तोलनका मुख्य खेलाडी थिए।
प्रायस् कमजोर रहने नेपाली टोलीको ब्यवस्थापन त्यो बेला पनि अछुतो थिएन। कोलम्बोमा अभ्यासका लागि एक हप्ताको समय राखेर नेपाली भारोत्तोलन टोली कोलम्बो प्रस्थान गर्यो।
हवाई जहाजको रुट थियो काठमान्डु(कोलकाता, कोलकाता(मद्रास र मद्रासबाट कोलम्बो।
मद्राससम्मको यात्रा त सहज भयो। तर भारतमा विमान चालकको हडतालका कारण मद्रासबाट कोलम्बो उड्ने हवाई टिकट भने टोलीले पाउन सकेन।
नेपाली टोली हरेक दिन मद्रास विमानस्थल पुग्थे। दिनभर पर्खिन्थे र फर्किन्थे। यो क्रम एक हप्तासम्म चल्यो। यो बीच न खेलाडीहरुले न राम्ररी खान पाए न अभ्यास गर्न नै।
थकित टोली एकहप्तापछि कोलम्बो पुग्दा प्रतियोगिता शुरु भइसकेको थियो। त्यहाँ हेभिवेट तौलका सुनिललाल जोशीले साढे २ किलो कम भार उचाल्दा स्वर्ण पदकबाट विमुख हुनुपर्यो।
यो घटना प्रमुख प्रशिक्षक तथा नेपाल भारोत्तोलन संघका महासचिव पार्थ सारथी सेन गुप्तका लागि संधै विझिरहने घटना हुन पुग्यो।
आइतवार राष्ट्रिय खेलकुद परिषद परिसरमा उनै सुनिललालको शवमा श्रद्धाञ्जली दिइरहँदा पार्थ सारथीले त्यही घटना सम्झिरहेका थिए। उनले भने,ू समयमा पुग्न सकेको भए सुनिलको स्वर्ण पक्का थियो।

५३ वर्षिय सुनिललाल जोशीको गंगालाल ह्दयकेन्द्र बाँसबारीमा आइतवार विहान निधन भएको हो।
अचानक छातीमा असजिलो महशुस भएपछि एक हप्ता अगाडि अस्पताल भर्ना भएका जोशीलाई ह्दयघात भएको अस्पतालले जनाएको थियो।
त्यहाँ उनको मुटुको भल्वको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएको हो।
प्रशिक्षक पार्थसारथी सेनले भने, भारोत्तोलन क्षेत्रमा उनी जति सफल र उनको जति योगदान दिने खेलाडी नेपालमा अब विरलै हुनेछन्।
सर्वाधिक पदक
सन् १९८४ को पहिलो साग गेम्सदेखि १९९७ को सातौं साग गेम्ससम्म अनवरत सहभागिता जनाउने अनौठो कीर्तिमान जोशीको नाममा छ।
यस क्रममा उनले ५ रजत र ९ काश्य गरी कुल १४ पदक जिते, जुन नेपाली खेलाडीले साग गेम्समा जितेको सर्वाधिक पदक हो।