आफैंले बोकेको बम विस्पोट हुँदा सिंहको मृत्यु

maitrinews

धनगढी । स्थानीय तहको निर्वाचन आउन एकदिन मात्र बाँकी हुँदा धनगढीमा बम विस्पोट भएको छ । विष्पोटमा परी एकजनाको मृत्यु भएको छ ।  धनगढी उपमहानगरपालिका वडा नम्वर १ अन्र्तगत रहेको खानेपानी ट्यांकी नजिकै गएराती बम विस्पोट भएको हो ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका जुगेडाका चन्द्र सिंह रहेका छन् । आफैंले बोकेको बम विस्पोट हुँदा सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयक कैलालीका डिएसपी विर बहादुर बुढाका अनुसार गएराती सिंहलाई विस्पोट पश्चात उपचारका क्रममा सेती अञ्चल अस्पतालमा लगेको र अस्पतालमै उनको मृत्यु भएको बताएका छन् । मृतक चन्द्र सिंह विप्लव नेतृत्वको नेकपा माओवादीको कार्यकर्ता रहेको जनाईएको छ ।