अमेरिकी सैनिक विमान दुर्घटनामा १६ को मृत्यु

लेफोरे । अमेरिकाको मिसिसिपी राज्यमा  भएको एक सैनिक विमान दुर्घटनामा १६ सैनिकको मृत्यु भएको छ । मध्यमिसिसिपीको लेफोरे प्रान्तमा स्थानीय समयाअनुसार सोमबार अपराह्न ४ बजे सेनाको सानो विमान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाग्रस्त विमान सेनाको कार्गाे विमान रहेको बताइएको छ । विमान दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको मिसिसिपीका सैनिक प्रवक्ता क्याप्टेन सराह बर्नसले बताए । मिसिसिपीको डेल्टाबाट १३५ किलोमिटर पश्चिममा रहेको लेफोरेमा सो विमान दुर्घटनामा परेको प्रान्तीय संकटकालीन निकायका निर्देशक फ्रान्स रान्डले बताए । दुर्घटनास्थलमा ठूलो संख्यामा सैनिक परिचालन गरिएको छ । विमान दुर्घटनाको कारण खुलेको छैन ।