हाम्रो हस्पिटल  मोबाइल एप्प

 


काठमाडौँ । रोग अनुसार चिकित्सक र उपचारका लागि अस्पताल खोज्न सर्वसाधारणलाई सघाउने स्वास्थ्यसम्बन्धी मोबाइल एप्प हो, हाम्रो हस्पिटल । अस्पतालमा भएका सबै सुविधा र सबै चिकित्सकहरु यस एप्पमा समावेश हुने हुँदा बिरामी, अस्पताल र चिकित्सक सबैले सेवा लिन र दिन सक्नेछन् । बिटेक सलुसनप्रा। लि।ले यस “हाम्रो हस्पिटल एप्प २०७२ मा संचालनमा ल्याएको र सोही साल देखि ॐ हस्पिटलमा परीक्षणकाल सुरु भई हालनिरन्तर सेवा प्रदान गर्दै आएका छन् । हाम्रो हस्पिटल एप्पको विशेषताहरु भनेको अस्पताल र डाक्टरको जानकारी प्रयोगकर्ताले सजिलैपाउन सक्नेछन् । यस एप्प बाट नजिकको अस्पताल खोजी डाक्टरसंग एपोइन्टमेन्ट लिने सुबिधा रहेको छ। एपोइन्टमेन्ट लिईसकेपछि एपोइन्टमेन्ट समयको अलार्म नोटिफिकेसन पनि यस एप्पले दिन्छ साथसाथै औषधी खाने समयको अलार्म पनि यस एप्पमा रहेको छ ।  आपत्कालीनसमयमाआवश्यक पर्ने सेवाको फोन नम्बरहरु पनि उपलब्ध गरिएको छ ।

२०७४।४।१ गते यस एप्पको नयाँ संस्करण ल्याएको छ जस्मा अझै बढी सुबिधा र विशेषताहरु समावेश गरिएको छ । स्वास्थ्यसम्बन्धी लेख, समाचार, टिप्स एंव अन्य महत्वपूर्ण गतिबिधिहरु पनि यस एप्पमासमावेश गरि वेवशाईटको पनि नयाँ संस्करण सुरु गरिएको छ। प्रयोगकर्ताको सहजउपयोगीतालाई ध्यानमा राखि समय अनुकुल मोबाइलएप्पको नयाँसंस्करण गरिएको हो । कम्पनिको अनुसार हाम्रो हस्पिटलएप्प अझ सरल एंवअतिउपयोगीहुने हुदाँ सर्वसाधरणको पहिलो रोजाइमा रहने विश्वास लिएको छ । हस्पिटल एप्पको मुख्य उद्देश्य भनेको प्रयोगकर्तालाई उत्कृष्ट स्वास्थ्य सेवाप्रदानगर्नु हो । यस एप्पमा हस्पिटल, डाक्टर र औषधिबारे पूर्ण जानकारी रहेको र अस्पतालमा एपोइन्टमेन्ट लिने सुबिधा रहेको छ। यस एप्पमा १००  हस्पिटल, १०००  डाक्टरहरु, ५०० फार्मेसीकोे जानकारी रहेको छ ।यस एप्पप्रयोगकर्ताले सजिलै गुगलप्ले स्टोर बाट निःशुल्क डाउनलोड गर्न सक्ने छन् ।अस्पताललाई पनि यस एप्प,बिनाशुल्कउपलब्ध गराइएको छ जसबाट उनीहरुले एप्पबाट आएको एपोइन्टमेन्ट हेर्न सक्नेछन् ।
यस एप्पबिरामी, अस्पतालका लागिमात्रनभएर सबैका लागि लाभदायक छ । केहि समय भित्र काठमाडौंका सबैै अस्पताललाई एप्पमा आवद्ध गरेर बिरामी र उनिहरुका आफन्तलाई सहज एपोइन्टमेन्टको सुबिधा दिईने कम्पनिको योजना रहेको छ ।