डा. केसी ११ औँ पटक अनसनमा
काठमाडौँ । चिकित्सा शिक्षामा सुधारको माग गर्दै आएका डा। गोविन्द केसीले विगतमा आफूसँग गरिएका अधिकांश सहमतिहरु कार्यान्वयन नभएको भन्दै सोमवारदेखि पुनस् अनशन शुरु गरे पनि शिक्षा मन्त्रालयका एक उच्च अधिकारीले उनले उठाएका कतिपय माग पूरा भइसकेको र केही प्रक्रियामा रहेको बताएका छन्।
डा। केसीले आफूहरुले दिएको सुझावलाई समेटेर चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग गठन नभएसम्म सबै तहको शुल्क सरकारले निर्धारण गर्नुपर्ने लगायतका माग राखेका छन्।
तिनै मागहरु उठाएर उनी अनशन बसेको यो एघारौं पटक हो।
चिकित्सा शिक्षामा देखिएका बेथिति अन्त्यको माग गर्दै डा। केसीले पहिलोपटक २०६९ साल असार २१ देखि २४ गतेसम्म चार दिन अनशन बसेका थिए।