भर्जिनिया घटनामा राष्ट्रपति ट्रम्पको आलोचना

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उग्र दक्षिणपन्थी प्रदर्शनकारी र उनीहरुका प्रतिद्वन्दीबीच श्यार्लोट्सभिलमा भएको घातक हिंसाका लागि दुवै पक्ष जिम्वेवार रहेको प्रतिक्रिया दिएपछि उनको देशभीत्र र बाहिर आलोचना भइरहेको छ।
दुईवटा सल्लाहकार समूहबाट अग्रणी व्यवसायीहरुले धमाधाम राजीनामा दिएपछि राष्ट्रपति ट्रम्प ती दुवै निकाय भंग गरिएको घोषणा गर्न बाध्य भएका छन्।
एउटा दुर्लभ विज्ञप्तिमा दुई पूर्व अमेरिकी राष्ट्रपतिहरु जोर्ज बुश सिनियर र उनका छोरा जोर्ज डब्लु बुशले अमेरिकी नागरिकहरुलाई जातिवाद र यहुदीविरोधी धारणा अस्वीकार गर्न अपिल गरेका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले जातीय घृणा र द्वेष जहाँ प्रकट भए पनि तीनीहरुलाई चुनौती दिइनुपर्ने भन्ने कैयौँ युरोपेली नेताहरुको टिप्पणीप्रति समर्थन जनाएका छन्।

राष्ट्रपति ट्रम्पले श्रृंखलावद्ध राजीनामाहरुपछि आफूलाई सल्लाह दिने अग्रणी उद्योगीहरुका दुईवटा समूह भंग गरिएको घोषणा गरेका छन्।
ुम्यानुफ्याक्चरिङ काउन्सिलु र ुस्ट्राटेजिक पोलीसी फोरमु नामक ती दुई समूहबारे धेरै अमेरिकीहरु जानकार नहुन पनि सक्छन्।