राष्ट्रिय फुटबल टोलीको घोषणा
काठमाडौँ । ताजिकिस्तानविरुद्ध हुने एएफसी एसियन कप छनोट अन्तर्गत समूह ‘ऐफ को चौथो खेलका लागि राष्ट्रिय फुटबल टोलीको नामावली सार्वजनिक भएको छ ।
टोलीका नियमित कप्तान अनिल गुरुङ चोटका कारण प्रशिक्षणमा उपलब्ध थिएनन् । उनको अनुपस्थितिमा विराज महर्जनले कप्तानी सम्हाल्नेछन् । नेपाली टोलीले असोज २४ गते ताजिकिस्तानको घरेलु मैदानमा खेल्दैछ । यी दुई टोलीबीच गत महिना भएको खेलमा ताजिकिस्तान २-१ ले विजयी भएको थियो । नेपालको लागि एकमात्र गोल विमल घर्ती मगरले गरेका थिए । नेपाल अंक तालिकाको पुछारमा छ ।
पूर्ण टोली:
गोलकिपर:
१) किरण चेम्जोङ
२) एलन न्यौपाने
३) विकेश कुथु
डिफेन्डर:
४) बिराज महर्जन
५) देवेन्द्र तामाङ
६) अनन्त तामाङ
७) दिनेश राजवंशी
८) जितेन्द्र कार्की
९) आदित्य चौधरी
१०) कमल श्रेष्ठ
११) राजेन्द्र रावल
मिडफिल्डर:
१२) सुनिल बल
१३) रोहित चन्द
१४ ) हेमन गुरुङ
१५) विक्रम लामा
१६) सुजल श्रेष्ठ
१७) विशाल राइ
१८) हेमन्त थापा मगर
फरवार्ड
१९) अन्जन बिष्ट
२०) विमल घर्ति मगर
२१) भरत खवास
२२) नवयुग श्रेष्ठ
२३) जर्ज प्रिन्स कार्की