साउदी अरबमा ११ राजकुमार, ४ मन्त्री र दर्जनौँ पूर्वमन्त्री पक्राउ

रियाद । साउदी अरेबियामा भ्रष्टाचारविरुद्ध गठित नयाँ निकायले ११ जना राजकुमार, चारजना बहालवाला मन्त्रीहरु र दर्जनौं पूर्व मन्त्रीहरुलाई पक्राउ गरिएको छ ।

राजकीय आदेशमार्फत युवराज मोहम्मद बीन सलमान नेतृत्वको नयाँ समिति गठन भएको केही घण्टामै मानिसहरुलाई नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएकाहरुको नाम सार्वजनिक गरिएको छैन।
सुधार कार्यक्रमको नेतृत्व गरेका युवराज मोहम्मदले आफ्नो शक्ति बढाउँदै लगेका छन्।
नियन्त्रणमा लिइएकाहरुलाई के दोष लगाइएको छ भन्ने प्रष्ट छैन।
यद्यपि साउदी प्रसारक अल अरेबियाका अनुसार सन २००९ मा आएको बाढी र सन २०१२मा मर्स भाइरस देखिएका बेलाको गतिविधिमाथि नयाँ अनुसन्धान गरिएको थियो।
भ्रष्टाचार सम्बन्धी नयाँ समितिलाई पक्राउ पुर्जी जारी गर्न र यात्रा प्रतिबन्ध लगाउने अधिकार दिइएको राज्य सञ्चालित समाचार एजेन्सी ुएसपीएुले जनाएको छ।

अर्कोतिर साउदी न्याशनल गार्ड र जलसेना प्रमुख हटाएर गर्दै नयाँ नियुक्ति गरिएको छ।
एसपीएका अनुसार न्याशनल गार्ड मन्त्री राजकुमार मितेब बीन अब्दुल्लाह र जनसेना कमाण्डर एडमिरल अब्दुल्लाह बीन सुल्तान बीन मोहम्मद अल(सुल्तानलाई बर्खास्त गरिएको छ।

राजकुमार मितेब बीन अब्दुल्लाहलाई शक्तिशाली न्याशनल गार्डको प्रमुखबाट हटाइएको छ
उनलाई हटाउनुको औपचारिक कारण खुलाइएको छैन।
राजकुमार मितेब दिवंगत राजा अब्दुल्लाहका छोरा हुन् र उनलाई कुनैबेला राजगद्दीको उत्तराधिकारीको रुपमा हेरिन्थ्यो।
उनी साउदी सरकारमा अब्दुल्लाह परिवारका सबभन्दा माथिल्लो पदमा रहेका अन्तिम व्यक्ति थिए।
राजकुमार मोहम्मदले हालै साउदी अरेबियालाई आधुनिकीकरणतर्फ लग्न ू मध्यमार्गी इस्लामू ल्याउनुपर्ने बताएका थिए।
रियादमा एउटा आर्थिक सम्मेलनमा बोल्दै मोहम्मदले ूअतिवादका अवयवहरु सबै निर्मूल पार्नेू प्रतिबद्धता व्यक्त गरेका थिए।
गत वर्ष उनले सामाजिक र आर्थिक परिवर्तनका लागि बृहत् योजना सार्वजनिक गरेका थिए।