मुगावे युगको अन्त्य भएको भन्दै प्रदर्शन

maitrinews

हारारे । जिम्बाब्वेमा राष्ट्रपति रोबर्ट मुगाबेको राजीनामाको माग गर्दै हजारौं मानिसले प्रदर्शन गरेका छन्।
सत्तामाथि मुगाबेको पकड अन्त्य गर्न सेनाले निर्वाह गरेको भूमिकाको उनीहरुले प्रशंसा गरेका छन्।
प्रदर्शनकारीहरुले सैनिकहरुलाई अँगालो हालेको र उनीहरुको जयकार गरेको दृश्य देखिएका छन्।
एक जना प्रदर्शनकारीले बीबीसीसँग भने, यो दिन नयाँ शुरुवातसँग सम्बन्धित छ।
उक्त र्‍यालीलाई सेना र सत्तारुढ जानु पी एफ पार्टीका सदस्यहरुले समर्थन गरेका छन्।
गत वर्षसम्म मुगाबेप्रति बफादार रहेका स्वतन्त्रता संग्रामका योद्धाहरुले पनि अहिले उनले सत्ता छाड्नुपर्ने धारणा राखेका छन्।
पछिल्लो घटनाक्रम ऐतिहासिक क्षण भएको र यो विन्दुबाट मुगाबे अब सत्तामा फर्कन सम्भव नरहेको बताएका छन्।