जापानी सम्राट अकिहितोले सन् २०१९ मा राजगद्दी त्याग गर्नुहुने

टोकियो । जापानी सम्राट अकिहितोले अप्रिल २०१९ मा राजगद्दी त्याग्नु हुने भएको छ ।
सरकार र शाही परिवारबीचको छलफलपछि प्रधानमन्त्री सिन्जो अबेले यो मिति घोषणा गर्नुभएको हो । ८३ वर्षीय जापानी सम्राटले गत वर्ष उमेर र स्वास्थ्यका कारण जिम्मेवारी पूरा गर्न कठिन भएको बताउनुभएको थियो । गद्दी त्यागबारे शुक्रबार छलफल भएको थियो ।
लगतै सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री अबेले ३० अप्रिल २०१९ मा सम्राटले गद्दी त्याग्ने जानकारी दिनुभयो । त्यसपछि राजकुमार नारु हितोले गद्दी सम्हाल्नु हुनेछ ।