भारतीय अभिनेत्री श्रीदेवीको ५५ वर्षको उमेरमा निधन
काठमाडौँ । भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । ५५ वर्षीया श्रीदेवीको हृदयाघातका कारण दुबईमा निधन भएको हो । श्रीदेवीलाई हिन्दी फिल्मको पहिलो महिला सुपरस्टार भनिन्थ्यो। सन् २०१३ मा पद्मश्री सम्मान पाएकी उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। श्रीदेवी भतिजको विवाहका लागि दुबई गएकी थिइन्।
भारतीय समाचार संस्था पीटीआईका अनुसार अभिनेतासमेत रहेका देवर सञ्जय कपुरले श्रीदेवीको निधन भएको पुष्टि गरे।
श्रीदेवीको निधनलगत्तै श्रीदेवीको मुम्बईस्थित घरमा फिल्मकर्मी एवं शुभेच्छुकको ठूलो भीड लागेको छ।