रुसको ब्यापारिक केन्द्रमा आगलागी,१०० भन्दा बढीको मृत्यु

maitrinews

 

मस्को । रुसको साइबेरियास्थित एक व्यापारिक केन्द्रमा भएको आगलागीमा परी सय भन्दा बढीको मृत्यु भएको छ । डेली मेलका अनुसार अहिलेसम्म ३५ जनाको मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् भने ६९ जना हराइरहेका छन् । सरकारी अधिकारीले २३ जनाको मात्र शव फेला पारेका छन् । आगो निभाउनै हम्मेहम्मे परेकाले उद्धारमा कठिनाइ भएको छ ।  हराइरहेका मध्ये ४० जना बालबालिका रहेको डेलीमेलले जनाएको छ । 

मेरोभोस्थित विन्टर चेरी भवनको उपल्लो तलाबाट आगलागी सुरु भएको थियो । आगलागी सुरु भएलगत्तै कतिपय मानिसहरू झ्यालबाट हाम फालेका थिए । हामफाल्दा कसैको मृत्यु भयो भने गम्भीरहरुको अस्पतालमा उपचार भइरहेको छ । सिनेमा मलबाट समेत थुप्रैको शव निकालिएको छ ।