पारमाणविक सम्झौताबाट बाहिरिने अमेरिकी घोषणा

अमेरिका । राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको एउटा अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट अमेरिका बाहिरिने घोषणा गरेका छन्।
स्थानीय समय अनुसार मंगलवार अपरान्ह ह्वाइट हाउसमा बोल्दै ट्रम्पले सो सम्झौता अमेरिकाको राष्ट्रिय हितमा नरहेको बताए।
उनले इरानमाथि आतंकवाद निर्यात गरिरहेको आरोप लगाउँदै आफ्नो पारमाणविक कार्यक्रम शान्तिपूर्ण रहेको भन्ने उसको भनाइ झुटो भएको जनाए।
उनले इरानी सरकारविरूद्ध कडा नाकाबन्दीहरू लगाउने एउटा आदेशमा आफूले हस्ताक्षर गर्ने पनि बताए।