विश्वकप २०२६: दक्षिण कोरियामाथि मेक्सिकोको जित, एक खेल अगावै नकआउटमा
काठमाडौं, ५ असार । फिफा विश्वकप २०२६ को सह-आयोजक मेक्सिको प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्ने सफल भएको छ । शुक्रबार बिहान सम्पन्न खेलमा दक्षिण कोरियालाई १–० ले स्तब्ध पार्दै मेक्सिकोले नकआउटको टिकट काटेको हो ।
मेक्सिकोको ग्वाडलाजारा स्टेडियममा भएको उक्त खेलमा जित हात पारेसँगै मेक्सिकोले समूह चरणको एक खेल बाँकी छँदै अघिल्लो चरणमा स्थान बनाएको हो । घरेलु मैदान र दर्शकको उल्लेख्य समर्थन पाएको मेक्सिकोले निर्धारित समयमा स्पष्ट जित निकाल्दै महत्त्वपूर्ण ३ अंक जोडेको थियो ।