इङ्ग्ल्यान्ड पराजित, क्रोएसिया पहिलोपटक विश्वकप फाइनलमा

मस्को । मस्कोमा सम्पन्न सेमिफाइनल अन्तर्गत थप गरिएको समय इङ्ग्ल्यान्डलाई हराएपछि क्रोएशिया पहिलोपटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ।
खेलको पाँचौ मिनेटमा गोल गरेको इङ्ग्ल्यान्डले १ घण्टा भन्दा लामो समयसम्म अग्रता लिएको थियो।
त्यसपछि खेललाई बराबरीमा पुर्‍याएको क्रोएशियाले निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयमा गोल गर्दै १ का विरुद्ध २ गोलले इङ्ग्ल्यान्डलाई हराएको हो।
अब क्रोएशियाले आइतबार हुने फाइनलमा फ्रान्सको सामना गर्नेछ।

क्रोएशियाका प्रशंसकहरूले आफ्नो देश विश्वकपको फाइनलमा प्रवेश गरेसँगै ठूला सहरहरूका गल्ली र चोकहरूमा झण्डा फहराएर खुशीयाली मनाएका छन्।