इन्डोनेसियामा शक्तिशाली भूकम्प,८२ जनाको मृत्यु

लोम्बोक । इन्डोनेशियाको लोम्बोक टापुमा फेरि शक्तिशाली भूकम्प जाँदा कम्तीमा ८२ जनाको ज्यान गएको आपत्कालीन सेवासम्बन्धी अधिकारीहरूले बताएका छन्।
विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार सयौँ मानिस घाइते भएका छन्।
७ म्याग्निच्युडको भूकम्पकाबाट सयौँ भवनमा क्षति पुगेको छ भने विद्युत् आपूर्ति बन्द भएको छ।
छिमेकी बाली टापुका मानिसहरू चिच्याउँदै घरबाट भागिरहेको दृश्य भिडिओ फूटेजमा देखिन्छ।