चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई

maitrinews


स्टकहोम । शरीरको प्रतिरोध प्रणाली प्रयोग गरेर कसरी क्यान्सरसँग लड्न सकिन्छ भन्ने तथ्य पत्ता लगाएका दुई जना वैज्ञानिकलाई यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको छ । अमेरिकी वैज्ञानिक जेम्स पी एलिसन र जापानी वैज्ञानिक तासुकु होन्जोलाई संयुक्त रुपमा यो पुरस्कार दिइने भएको हो । उहाँहरुले प्राणघातक स्किन क्यान्सरको उपचारमा नविन खोज गर्नुभएको छ । दुवै वैज्ञानिकले पत्ता लगाएको ‘इम्युन चेकप्वाइन्ट थेरापी’ले क्यान्सर उपचारमा क्रान्ति ल्याएको छ । यो थेरापीले आश्चर्यजनक रुपमा काम गरेको छ ।
गत वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी वैज्ञानिकलाई प्रदान गरिएको थियो । नोबेल पुरस्कार छनोट समितिले गरेको सिफारिश अनुसार मानव शरीर तथा जैविकले बिहानदेखि रातिसम्म अथवा विभिन्न समयमा के कस्तो प्रतिक्रिया दिन्छ र समय अनुसारको चाल शरीरले कसरी थाहा पाउँछ भन्नेबारे अनुसन्धान गरेवापत वैज्ञानिकहरु जेफरी सी हल,माइकल रोजब्यास र माइकल डब्ल्यू याङलाई सो पुरस्कार दिइएको थियो ।