जोधपुर । सेतो र ७५ फुट लामो यो के हो ? यो हो प्रियंका चोपडाले आफ्नो विवाहमा लगाएको पहिरन।
बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राममार्फत् आफू बेहुली बन्दा लगाएको यो वेडिङ ग्राउन सार्वजनिक गरिन्।
प्रियंका र अमेरिकी कलाकार निक जोनासले गत साता भारतको राजस्थानस्थित जोधपुरमा भव्य रूपमा विवाह गरेका थिए।
बीस लाखवटा सिताराजडित सो पहिरन राल्फ लोरेनले डिजाइन गरेका थिए। सबैको ध्यान भने उनको घुम्टोले तान्यो।