म्यान्चेस्टर युनाइटेडको फराकिलो गोल अन्तरले जित

Maitrinews

 

काठमाडौं । जोजे मौरिन्होलाई हराएपछिको पहिलो खेलमै इंगलिश क्लब म्यान्चेस्टर युनाइटेडले फराकिलो गोल अन्तरले खेल जितेको छ ।

शनिबार रातिको खेलमा युनाइटेडले कार्डिफ सिटीलाई ५–१ गोल अन्तरले हरायो । जेसी लिंगार्डले २ गोल गरे भने मार्कस राफोर्ड, एन्दर हेरेरा र एन्थोनी मार्सियलले १–१ गोल गरे ।

कार्डिफका भिक्टर कामारासाले एक गोल फर्काएका थिए ।
मौरिन्हो प्रशिक्षकबाट हटेपछि खेलाडीहरुले समेत राम्रो प्रदर्शन गरेको विश्वास युनाइटेडको ब्यवस्थापनलाई लागेको छ ।