इजरायल निर्वाचन : नेतान्याहु र ग्यान्टस् दुवैले गरे जितको दाबी

maitrinews

 

इजरायल । मतदान गरेर बाहिर निस्किएका मतदातासँग गरिएको सर्वेक्षणले इजरेलमा कसैको पनि स्पष्ट जित नहुने देखाएको छ। निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका निकटतम प्रतिस्पर्धी बेन्नी ग्यान्टस् दुवैले आफूले जित्ने दाबी गरेका छन्।
भूतपूर्व सेनाप्रमुख ग्यान्टस्‌को मध्यपमार्गी ब्लू एन्ड ह्वाइट गठबन्धनले ३६ वा ३७ सीट जित्ने देखाएको छ भने प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टीले ३३ देखि ३६ स्थान ल्याउने सर्वेक्षणहरूले देखाएका छन्।
‍दुईवटा मतसर्वेक्षणहरूले नेतान्याहुसँग समर्थित दक्षिणपन्थी पार्टीहरू मिलेर सत्ता गठबन्धन गर्ने सम्भावना देखाएको छ।
तर तेस्रो मत सर्वेक्षणले चाहिँ ती पार्टीहरू ग्यान्टस्‌को पार्टीसँग सत्तामा सहभागी हुन सक्ने देखाएको छ।

हामीले जित्यौँ, इजरायली जनताले आफ्नो राय राखे ब्लू एन्ड ह्वाइटले एउटा विज्ञप्तिमा भनेको छ।