भारतको प्रारम्भिक मतगणनाः भाजपा निकै अगाडि
नयाँ दिल्ली । भारतमा शुरु भएको मतगणनाको प्रारम्भिक चरणमा सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन अघि देखिएको छ । केहीबेर अघिसम्मको अवस्थामा भाजपा २०६ सिटमा अगाडि देखिएको छ भने प्रमुख विपक्षी कंग्रेस आइ ५५ सिटमा अघि देखिएको छ । अन्य ११० सिटमा अगाडि देखिएका छन् । मतगणना बिहान ८ बजेबाट शुरु भएको हो ।