भारतमा मोदीद्वारा दोस्रो कार्यकालका लागि शपथ

maitrinews

 

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालको शपथ लिनुभएको छ । लोकसभा चुनावमा भाजपा एक्लैको बहुमत र एनडीए गठबन्धनले प्रचण्ड बहुमत पाएपछि मोदी दोस्रो पटक प्रधानमन्त्री हुनुभएको हो ।

राष्ट्रपति कार्यालयमा भएको शपथ ग्रहण समारोहमा ६ हजार भन्दा बढी पाहुना सहभागी भएका थिए । सपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुनुभयो ।

मोदीले ५९ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ, जसमा अधिकांश पुरानै अनुहार छ । तर, १९ नयाँ अनुहार आएका छन् ।

२५ क्याबिनेट मन्त्रीमा भारतीय जनता पार्टी भाजपा अध्यक्ष अमित शाह पनि समावेश हुनुहुन्छ । मोदीसँग मिलेर भाजपालाई सफलता दिएका शाह मन्त्री हुने अनुमान थियो ।

तर, आश्चर्यजनक रुपमा पूर्वविदेशसचिव एस जयशंकर मन्त्री हुनुभएको छ । उहाँलाई भावी विदेशमन्त्रीका रुपमा हेरिएको छ ।

शाह र जयशंकरसँगै क्याबिनेटमा ६ नयाँ अनुहार छन् ।

अमेठीमा कांग्रेस अध्यक्ष राहुल गान्धीलाई हराएकी स्मृती इरानी यो पटक पनि मोदी सरकारमा मन्त्री हुनुभएको छ ।