इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मुर्सीको अदालतमा बयानपश्चात् निधन

इजिप्ट । कायरोको एक अदालतमा बेहोस भएर लडेका इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मुर्सीको निधन भएको छ।
मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मुर्सी आफूविरुद्धको जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइको लागि अदालतमा उपस्थित थिए।
सन् २०१२ मा निर्वाचित भएको एक वर्षपश्चात् इजिप्टको सेनाले उनलाई अपदस्थ गरेयता उनी जेलमा थिए।
उनलाई एकान्त कारावासमा राखिएको थियो र उनका परिवार तथा वकिललाई पनि उनीसँग कमै भेट गर्न दिइन्थ्यो।
अरब जगतमा भएको जनप्रदर्शनहरूपश्चात् सन् २०१२ मा मोर्सीको उदय भएको थियो।