जोनसनको मन्त्रिमण्डलमा ब्रेक्जिट अभियानकर्ताको बाहुल्य

 

लण्डन । ब्रिटेनका नव नियुक्त प्रधानमन्त्री बोरिस जोनसनले युरोपेली संघ(ईयू)बाट ब्रिटेन बाहिरिनुपर्छ भनेर अभियान चलाउने नेताहरूलाई आफ्नो मन्त्रिमण्डलमा मुख्य जिम्मेवारी दिएका छन्।
जोनसनको मन्त्रिमण्डलमा एसियाली मूलका दुईजना ब्रिटिश नागरिकहरू पनि परेका छन्।
जोनसनको मन्त्रिमण्डलमा डोमिनिक रब विदेश र प्रिती पटेल गृहमन्त्रीका रूपमा सरकारमा फर्किएका छन्।

थेरेसा मेको सरकारमा गृहमन्त्री रहेका साजिद जावेदले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्।
पटेल र जावेद एसियाली मूलका ब्रिटिश हुन्।
यद्यपि मेको मन्त्रिमण्डलका आधाभन्दा बढी सदस्यहरूले कि त राजीनामा दिएका छन् कि हटाइएका छन्।