अमेरिकाले मेक्सिकोसँगको सीमामा पर्खाल बनाउन पाउने ,सर्वोच्च अदालतद्वारा सीमामा पर्खाल बनाउने खर्चको अनुमति
अमेरिका । अमेरिकाको सर्वोच्च अदालतले दक्षिणी सीमाको एउटा खण्डमा पर्खाल ठड्याउन राष्ट्रपति डोनल्ड ट्रम्पले पेन्टागन कोषबाट २.५ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने बताएको छ।
क्यालिफोर्नियाका एक न्यायाधीशले उक्त कोष प्रयोग गर्न रोक लगाउने गरी दिएको आदेशविरुद्ध सर्वोच्च अदालतमा ५ मत र पक्षमा ४ मत परेको थियो।
अमेरिका र मेक्सिकोलाई विभाजन गर्ने पर्खाल ट्रम्पको सन् २०१६ को निर्वाचनको प्रमुख चुनावी नारा थियो।
डेमक्र्याटहरूले त्यसको कडा विरोध गर्दै आएका छन्।