अमेरिकाको टेक्सासमा गोली हानेर पाँचजनाको हत्या

maitrinews

 

अमेरिका । अमेरिकाको टेक्सस राज्यमा भएको गोलीकाण्डमा कम्तीमा ५ जना मारिएका छन् भने अन्य कैयौँ घाइते भएको प्रहरीले बताएको छ।

कम्तीमा एकजना बन्दुकधारीले गाडीमा चढेर वरपरका मानिसहरूमाथि जथाभावी गोली प्रहार गरेको बताइएको छ।

टेक्ससका पश्चिमी नगरहरू ओडेसा तथा मिडल्याण्डमा उक्त घटना भएका हुन्।

प्रहरीका अनुसार एकजना संदिग्ध गोरा पुरुषलाई गोली हानेर मारिएको छ।

गोलीकाण्डको उद्देश्य थाहा भएको छैन।

ओडेसा नगरका प्रहरीका अनुसार सबभन्दा पहिले ती संदिग्ध पुरुषले उनको गाडी रोक्ने ट्राफिक प्रहरीलाई गोली हानेका थिए।

करिब ३० वर्ष हाराहारीका ठानिएका ती बन्दुकधारीले त्यसपछि हुलाक सेवाको एउटा ट्रक खोसे अनि नजिकैको मिडल्याण्ड नगर आवतजावत गर्दै लगातार गोली प्रहार गरिरहे।
उनलाई प्रहरीले एउटा सिनेमाघर नजिकै गोली हानेर मारिदिएको बताइएको छ।