साउदी तेल केन्द्रमा भएका आक्रमण युद्धको कदम

 

अमेरिका । साउदी तेल खानी र प्रशोधन केन्द्रमा भएका आक्रमणलाई ूयुद्धको कदमू को सङ्ज्ञा दिँदै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले साउदी अरबसँग तिनको रक्षा गर्ने अधिकार भएको बताएका छन्।

अमेरिकाले शनिवार भएका आक्रमणमा इरानको संलग्नता भएको आरोप लगाउँदै आएको छ। ती आक्रमणमा प्रयुक्त ड्रोन र क्रूज क्षेप्यास्त्रका भग्नावशेष देखाउँदै साउदी सरकारले पनि इरानमाथि नै औँला ठड्याएको छ।

ती आक्रमणको कसरी प्रतिक्रिया दिने भनेर अमेरिकासँग धेरै विकल्प भएको ट्रम्पले बताएका छन्।

साउदी राजकुमार मोहमद बिन सलमानलाई भेटेपछि पोम्पेओले इरानका कदमहरू सहन नसकिने बताएका हुन्।

इरानको सन्दर्भमा माइक पोम्पेओ निकै आक्रामक देखिन्छन्। उनी राष्ट्रपति डोनल्ड ट्रम्पभन्दा पनि कठोर विचार राख्ने गर्छन्।