अमेरिकाले साउदी अरबमा थप सेना पठाउने

 

अमेरिका । अमेरिकाले साउदी अरबका तेल खानी तथा प्रशोधन केन्द्रमा आक्रमण गरिएपछि त्यहाँ आफ्नो सेना परिचालन गर्ने घोषणा गरेको छ।
अमेरिकी रक्षामन्त्री मार्क एस्परले साउदी अरबमा
प्रतिरक्षात्मक स्वरूपूमा अमेरिकी सैनिक खटाइने पत्रकारहरूलाई बताए।

तर कति सङ्ख्यामा अमेरिकी सैनिक पठाउने भन्ने विषयमा चाहिँ निर्णय भइसकेको छैन।

गत हप्ता साउदी अरबमा दुईवटा आक्रमण भएका थिए।

इरानको समर्थनप्राप्त यमनको हूथी विद्रोही समूहले ती आक्रमण आफूले गरेको दाबी गरेको छ। तर अमेरिका तथा साउदी अरबले इरान नै ती घटनामा संलग्न भएको आरोप लगाउँदै आएका छन्।