चीन स्थापना दिवस : अहिलेसम्मकै ठूलो सैन्य परेड

maitrinews

 

बेइजिङ । जनवादी गणतन्त्र चीन स्थापनाको ७० औँ वर्ष पुगेको अवसरमा चीनमा विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्। रक्तपातपूर्ण गृहयुद्धमा कम्युनिस्ट शक्ति विजयी भएपछि सन् १९४९ अक्टोबर १ तारिखमा माओत्सेतुङले जनवादी गणतन्त्र चीन गठनको घोषणा गरेका थिए।


त्यसयता आधुनिक चीनले असाधारण गतिले विकास गरेको छ। तर यो विश्वका धेरै अवरोधहरू भएका मुलुकमध्ये एउटा हो। चीनको राजधानी बेइजिङमा हालसम्मकै विशाल सैन्य परेड भइरहेको छ।

एउटा छोटो उद्घाटन सम्बोधनमा चीनका राष्ट्रपति सी जिन्पिङले भने, कुनै पनि शक्तिले चिनियाँ र राष्ट्र चीनलाई अघि बढ्नबाट कहिल्यै पनि रोक्न सक्नेछैन।ू
ट्याङ्क, क्षेप्यास्त्र प्रक्षेपण गर्ने मिसाइल लन्चर र अन्य सैनिक सामग्रीसहित १५ हजार सैनिकहरू मध्यबेइजिङको तियानआन्मेन स्क्वाएरमा भेला भएका छन्।