५ सय वर्ष पुरानो जापानको दरबारमा आगलागी
टोकियो । विश्व सम्पदा सूचीमा परेको जापानी सुरी क्यासल (तत्कालिन दरबार)मा भीषण आगलागी भएको छ ।
यस दरबारको अधिकांश भागमा आगोले असर पुर्याएको स्थानीय मिडियाले जनाएका छन् । दक्षिणी टापु ओकिनवास्थित उक्त सुरी क्यासलको मुख्य हल भग्नावशेषको रुपमा परिणत भएको छ ।
केही टेलिभिजन फुटेजले उक्त क्षेत्रमा उद्धारका लागि अग्नि नियन्त्रकहरु खटिएको देखाएका छन् । एनएचकेका अनुसार यस ठाउँ जापानमा पर्यटकको मुख्य आकर्षक क्षेत्रमध्ये एक हो ।
जुन ५ सय वर्षअघि निर्माण भएको थियो । तत्कालिन राजदरबारको रुपमा निर्माण भएको सुरी दरबार यहाँ वार्षिक पर्व मनाउने क्रममा आगलागी भएको हो । दोस्रो विश्वयुद्धपछि भने उक्त दरबार क्याम्पसको रुपमा प्रयोग हुँदैआएको थियो । सन २००० मा मात्रै यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा राखिएको हो ।