नाइटक्लबमा नाच्दै पूर्वराजा ज्ञानेन्द्र

 

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित काठमाडौंको एक नाइट क्लबमा गएर नाच्नु भएको छ । । ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा पत्नी कोमल शाह, बुहारी हिमानी छोरीहरूका साथ पुगेर रमाइलो गरेको फोटो तथा भिडियो सार्वजनिक भएका छन्।

भिडियो तथा फोटोमा ज्ञानेन्द्र कोट खोलेर विदेशी तथा स्वदेशी ग्राहकसँगसँगै नाचेको देखिएको छ। पूर्व राजाको साथमा हिमानी शाह पनि त्यही डान्स पार्टीमा सहभागी भई ससुरालाई साथ दिनुभएको छ ।
एलओडीले अपलोड गरेको एक भिडियोमा रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो बोलको गीत बजिरहेको सुनिन्छ।