जमैकाकी टोनी एन्ना सिंह बनिन् मिस वर्ल्ड

 

लण्डन । जमैकाकी सुन्दरी टोनी एन्ना सिंहले ‘मिस वर्ल्ड(२०१९’ को उपाधि जितेकी छन्।
बेलायतमा सम्पन्न सुन्दरी प्रतियोगिताको ६९औं संस्करणको उपाधि १११ देशका सुन्दरीहरुलाई पछि पार्दै जमैकाककी सुन्दरीले जितेकी हुन्।
‘मिस वर्ल्ड’ घोषित २३ वर्षीया सिंहलाई क्रिकेट र क्रिस गेलबारे प्रश्न सोधिएको थियो।

प्रतियोगितामा फ्रान्सकी सुन्दरी मिस वर्ल्डको फाइनलमा फस्ट रनरअप र भारतकी सुन्दरी सेकेन्ड रनरअप बनेका छन्।

नेपाली सुन्दरी अनुष्का श्रेष्ठ उत्कृष्ट १२ मा पुग्न सफल भइन्। उनले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विथ अ प्रपोज’ अवार्ड हात पारिन्।