कजाकिस्तानमा १०० मानिस बोकेको विमान दुर्घटनाग्रस्त

 

कजाकिस्तान । कजाकिस्तानमा १०० जना मानिस चढेको एउटा विमान दुर्घटनाग्रस्त भएको विमानस्थलका अधिकारीहरूले बताएका छन्।
उनीहरूका अनुसार बेक एअरको उक्त विमान शुक्रवार बिहान अल्माटी विमानस्थलबाट उडेको केही बेरमै तल खसेको थियो।
दुर्घटनापछि विमानमा आगोको लागेको छैन।
आपत्कालीन सेवाका कर्मचारीहरूलाई दुर्घटनास्थलमा पठाइएको छ। कम्तीमा सात जनाको ज्यान गएको पुष्टि गरिएको छ। तर कोही जिउँदो भेटिएको वा नभेटिएको भन्ने प्रस्ट छैन।
उक्त विमान देशको सबैभन्दा ठूलो सहर अल्माटीबाट राजधानी नुरसुल्तानका लागि उडेको थियो।