कजाकस्तानमा विमान दुर्घटना, १५ जनाका मृत्यु , ६६ जना घाइते

 

नुरसुल्तान । कजाकस्तानमा चालक दलसहित ९८ जना यात्रु बोकेको विमान शुक्रबार विहान दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । कजाकस्तानका हवाइ अधिकारीका अनुसार अलमाटी विमानस्थलबाट उडेलगत्तै बेक एयरको विमान दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका बालबालिकासहित ६६ जनालाई उद्धार गरी अस्पताल लगिएको छ।