रुसद्वारा ध्वनिभन्दा २० गुणा छिटो उड्ने क्षेप्यास्त्र निर्माण
मस्को । रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने हाइपरसोनिक अभानगार्ड क्षेप्यास्त्रहरू जडान गरेको त्यहाँको रक्षा मन्त्रालयले बताएको छ।
ती क्षेप्यास्त्रहरू जडान गरिएको स्थानबारे बताइएको छैन तर अधिकारीहरूले यसअघि नै ती पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने सङ्केत दिएका थिए।
राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु अस्त्र बोक्न सक्ने ती क्षेप्यास्त्रहरूले रुसलाई अन्य राष्ट्रभन्दा अगाडि पुर्याएको बताउनुभएको छ ।
ती क्षेप्यास्त्रहरूमा ग्लाइड प्रणाली राखिएकोले प्रहार गर्न सहज बनाएको र त्यसलाई भेद गर्न असम्भव हुने दाबी गरिएको छ।
अमेरिका र रुसलाई चुनौती दिने चीनका तीन अस्त्र
रक्षामन्त्री सेर्गेई सोइगुले डिसेम्बर २७ मा १० बजे ती क्षेप्यास्त्रहरू तैनाथ गरिएको बताउँदै सो घटनालाई महत्त्वपूर्ण भएको बताउनुभयो।
पुटिनले अभानगार्ड प्रणालीलाई अहिले भएका सबैखाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरूलाई भेदन गर्न सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, अन्य कुनै पनि देशसँग यति छिटो उड्ने हतियार छैनन्, क्षेप्यास्त्रको कुरै छाडौँ।