इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी

maitrinews

 

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ५२ क्षेत्र अमेरिकाको निशानामा पर्ने धम्की दिनुभएको छ ।

यसअघि टम्पले युद्ध सुरु गर्न नभएर त्यसको अन्त्यका लागि बग्दादस्थित विमानस्थलमा गरिएको आक्रमणमा इरानी सेनाका मेजर जनरल कासिम सुलेमानी मारिएको प्रतिक्रिया दिनुभएको थियो । तर त्यसको भोलिपल्टै उहाँले इरानका ५२ क्षेत्र अमेरिकाको निशानामा पर्ने धम्की दिनुभयो ।
इरानले सुलेमानी हत्याको उचित बदला लिने धम्की दिएसँगै ट्रम्पले अमेरिकी जनता र सम्पत्तिमाथि आक्रमण भए इरानका ५२ क्षेत्र अमेरिकाको निशानामा पर्ने धम्की दिनुभयो ।
यसअघि आफ्ना सैन्य कमान्डर अमेरिकी हवाई आक्रमणमा मारिएपछि इरानका सर्वोच्च नेता आयतुल्लाह खमेनीले अमेरिकासँग उचित बदला लिने चेतावनी दिनुभएको थियो ।
‘आफ्ना सैन्य कमान्डरको मृत्युपछि इरानले अमेरिकी सम्पत्तिमाथि निशाना बनाउनेबारे साहसपूर्वक कुरा गरिरहेको छ’, ट्रम्पले ट्विटरमा लेख्नुभएको छ ।