इरानमा सरकारविरोधी आन्दोलन चर्किंदै

 

इरान । इरानमा सरकारविरोधी आन्दोलन चर्किंदै गएको छ। आइतबार राति पनि राजधानी तेहनरानसहित इरानका विभिन्न सहरमा सरकारविरुद्ध प्रदर्शन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

गत शनिबार इरानी सेनाले प्रहार गरेको क्षेप्यास्त्र लागेर युक्रेनी विमान खस्दा त्यसमा रहेका १७६ जनाको मृत्यु भएको थियो। सुरुमा इरानी सेनाले इरानी नागरिकसमेत चढेको त्यस विमानमा आफूले क्षेप्यास्त्र प्रहार नगरेको बताए पनि पछि ‘झुक्किएर’ प्रहार भएको भन्दै माफी मागेको थियो।