कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५

maitrinews

 

बेइजिङ । कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या २५ पुगेको छ । अहिलेसम्म यो भाइरसका कारण ८३० जना संक्रमित भएका छन् । लुनार नयाँ वर्षको तयारी भइरहेको बेलामा चीनका वुहानमा यो भाइरसको उत्पत्ति भएको हो ।
बेइजिङ र हङकङमा पनि भीड हुन नदिन थुप्रै ठूला कार्यक्रम रद्ध गरिएको जनाइएको छ ।
शुक्रबार चीनको प्रशासनले मृत्यु हुनेको पछिल्लो संख्या जानकारी गराएको हो । अधिकारीहरुका अनुसार १ हजार ७२ जना शंकास्पद व्यक्तिहरु पनि फेला परेका छन् ।