लन्डनमा अन्धाधुन्ध चक्कु हान्ने व्यक्ति मारिए

maitrinews

लण्डन । दक्षिणी लन्डनमा मानिसहरूलाई अन्धाधुन्ध चक्कु हान्ने एक पुरुषको प्रहरी कारबाहीमा मृत्यु भएको छ। सुदेश अम्मान नाम गरेका ती २० वर्षीय व्यक्ति झन्डै एक साताअघि मात्र कारागारबाट छुटेका थिए।
आतङ्कवादसम्बन्धी अभियोगमा जेल परेका उनलाई तीन वर्ष चार महिनाको सजाय सुनाइएको थियो। आधा सजाय भोगेपछि उनी मुक्त भएका थिए।

जेलबाट छुटेपछि अम्मान प्रहरीको सक्रिय निगरानीमा थिए ।
तर उनले दक्षिणी लन्डनको स्ट्रीथम हाई रोडमा सर्वसाधारणलाई आक्रमण गर्न भ्याए। उनको शरीरमा कुनै उपकरणजस्तै देखिने नक्कली वस्तु टाँसिएको प्रहरीले जनाएको छ।

आक्रमणमा तीन जना घाइते भए। तीमध्ये एक जना जीवन जोखिममा हुने खालको अवस्थामा भएको बताइएको छ।